ताजा समाचार

सीमा नाकामा स्थानीयलाई चरम सास्ती

  • पुस ३, २०७८
  • ८१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/पुस ३ गते।सप्तरी जिल्लाको दक्षिणी भेगमा अवस्थित सखडा भगवतीको मन्दिर क्षेत्रमा नेपाल भारत सीमा नाका अर्थात् छिन्नमस्ता गाउँपालिकाको वडा नं ३ स्थित गोविन्दपुर सीमा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीको दादागिरीको कारणले स्थानिय किसानहरूले सीमा क्षेत्रमा रहेको नेपाली भूभागमा उब्जाएको धानबाली यतिबेला किसानलाई कोशेढुंगा सावित भएको छ । धानबाली किसानले काटेर सीमा नाकाको भारतीय भूमि प्रयोग गरेर ल्याउनु पर्ने अवस्था भएकोले सीमा नाकामा अवरोध भारतीय सुरक्षा बल एसएसबीले गर्दा स्थानिय जनताले मानविय साधनको प्रयोगबाट यतिबेला धान भित्राउन बाध्य छन् । मन्दिरसम्म आवत जावत गर्न नेपाली सुरक्षा बलले खुकुलो गरेपनि भारतीय सुरक्षा बल एसएसबीको दादागिरीको कारण भक्त जनलाई समेत सास्ती भोग्नु परेको छ । नेपाली पत्रकारहरु उक्त ठाउँमा गएर रिपोर्टिङ गर्न खोज्दा भारतीय सुरक्षा बल एसएसबीले रोकेका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤