Siraha Times
ताजा समाचार

सरकारी सेवामा प्रवेश गर्ने पहिलो माध्यम नै हाजिरी जवाफ प्रतियोगिता हो : प्यापसनका प्रदेश अध्यक्ष साह

  • पुस ३, २०७८
  • १२३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ पुष- लहान नगर प्यापसन द्वारा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ्। लहान नगरपालिका भित्र रहेका निजि तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल भित्रका बिधालयहरुको छात्र छात्राहरुको एक ठाउँमा एकीकृत गरि नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको बृहत आयोजना गरेको छ। लहान नगर पालिका भित्र जम्मा ४८ बिधालय रहेका छन् भने जस मध्ये २३ बिधालयका छात्र छात्राहरुले प्रतियोगितामा भाग लिएका छन।प्यापसनका लहान नगर अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा प्रदेश नम्बर २ का प्यापसन अध्यक्ष मुरारी साह रहनु भएको थियो भने बिशिस्ट अतिथिमा लहान नगरपालिका शिक्षा सखाका प्रमुख अमिरी कुमार यादव,संजिप चौधरी रहेका थिए। अतिथिहरुमा प्यापसनका जिल्ला सचिब उमेश कुमार यादव, अशोक महतो,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,एचटीपी खबरका सिरहा सम्बादाता प्रदीप सिंह प्याराडराईज स्कुलका प्रीन्सिपल राकेश कुमार गुप्ता लगायत अतिथिहरुको सहभागीता रहेको थियो।

प्रमुख अतिथि मुरारी प्रसाद साहका अनुसार अबको युग भनेको कम्पीटीसनको युग रहेको छ।अहिलेका युवा यौबतीहरुले हाम्रो देशको सान हो यिनिहरुले नै आउने दिनमा नेपाल सरकारका विभिन्न निकायका सरकारी सेवामा आवद्ध हुन्छ भने बताए। उक्त प्रतियोगिता निस्पक्छ रूपमा होस भने सुभकामना ब्यक्त गरेका थिए।सरकारी सेवामा प्रवेश गर्ने पहिलो माध्यम नै हाजिरी जवाफ प्रतियोगिता हो उनले बताए। बिशिस्ट अतिथि अमिरी कुमार यादवका अनुसार यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुले आफू भित्र रहेको प्रतिभालाई पहिचान गर्न सकने माध्यम रहेको बताए। प्रतियोगिता कार्यक्रम निजामती क्षेत्रमा प्रवेश गर्ने बाटोको रूपमा यस्ता कार्यक्रमहरुलाई लिने गरेका छौँ। प्रतिभाको पहिचान गर्ने र उजागर गर्ने कार्यक्रम पनि हो उनले प्रकाश पारेका थिए।

अतिथि उमेश कुमार यादवकाअनुसार किताबी ज्ञानले मात्र विद्यार्थीहरु परिपक्ता आउदैन त्यसको लागि विद्यार्थीहरुलाई बाहिरी ज्ञानको पनि खाचो रहेको उनले बताए। उक्त प्रतियोगिताबाट लहान नगरपालिका वडा नम्बर १८ बसा जोडी स्थित संचालनमा रहेको श्री शिव जानकी बिधा आश्रममा अध्ययनरत विद्यार्थीहरुले प्रथम भएका थिए। प्रथम हुने विद्यार्थीहरुमा सबिन कुमार महतो,सुस्मिता कुमारी महतो,रबिन कुमार महतो,अमरेश कुमार महतो रहेका थिए। उक्त स्कुल स्थानीय अशोक महतोले संचालन गरेका छन् भने गुणस्तरीयता प्रत्याभूति गराउदै दक्षजन शक्ति उपादन गर्ने स्कुलमा पहिलो स्थानमा पर्ने गरेको छ्।

दृतय हुनेमा लहान नगरपालिका वडा नम्बर १० स्थित संचालनमा रहेको दिब्य जोति पाठसालाका विद्यार्थीहरु दृतय भएका थिए। विद्यार्थीहरुमा किरण यादव,राजेश चौधरी,अमित पासमान,प्रीया चौधरी,लक्ष्मण चौधरी रहेका छन्। उक्त स्कुल ओपेन्द्र चौधरीले संचालन गरेका छन् भने कुसल प्रंन्सिपलका जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

तृतीय हुनेमा लहान नगरपालिका ४ स्थित संचालनमा रहेका प्याराडराईज एकेडेमी स्कुलका विद्यार्थीहरु शुलीन कुमार यादव, बिश्वास गुप्ता,दिपेन्द्र सहनी, लक्ष्मी साह, शिवम मण्डल प्रतियोगितामा भागलिएका थिए।उक्त स्कुल स्थानीय राकेश कुमार गुप्ताले संचालन गरेका छन् भने प्रीन्सिपलका जिम्मेवारी निर्वाह गर्दै आएका छन। हाजिर जवाफ प्रतियोगितामा प्रथम दृतय र तृतीय हुने विद्यार्थीहरुलाई मेटल, प्रमाणपत्र,र ट्रफि दिई टिका लगाई बधाई तथा सम्पुर्णमा सुभकामना दिएका आयोजकले जानकारी दिनु भयो।

 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१