Siraha Times
ताजा समाचार

लहानका मेयरलाई तानाशाह किमजोँगको संज्ञा, सिडियो कवारी हतकडी लगाउँने

  • पुस ३, २०७८
  • २९२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ३ पुष । सिरहामा भ्रष्टाचारी व्यापक भइरहेको जहाँपनि चर्चा चलिरहेको छ । यसलाई नियन्त्रण गर्न अनुगमन सक्रिय पार्ने सिरहाका सिडियो लालबाबु कवारीले बताउँनुभयो । पुष २ गते लहानमा सर्वपक्षीय छलफल कार्यक्रममा सिडियो कवारीले जनप्रतिनिधिहरु आफुलाई उच्च दर्जाका ठान्छन् । तर, भ्रष्टाचार गरे । सूचना माग गर्दा अनाकानी गर्छन् । त्यसपछि जोसुकैलाई हतकडी लगाउँन पछि नहटने उहाँले बताउँनुभयो । सूचना नागरिकको अधिकार हो भन्दै उहाँले स्थानीय मिडियामा विज्ञापन गर्न गराउँन स्थानीयतह र सरकारी निकायसँग छलफल गरि कार्यवन्य गर्ने बताउँनुभयो । गाउँब्लकको जग्गा सम्बन्धी समस्या, सिमाक्षेत्रमा भइरहेको लागुऔषध तथा तस्करीलाई नियन्त्रण गर्न कडा अनुगमन गर्ने सिडियो कवारीले बताउँनुभयो । सो कार्यक्रममा लहान नगरपालिकाले व्यापक भ्रष्टाचारी गरिरहेको सवाल उठेको छ ।

लहान ७ स्थित लहान नगरपालिकाले लगाएको डिजिटल बोर्डमा ४ लाखबढी कमिशन लिएर कमसल समान लगाएको आरोप छ । लहान २४ मा अढाई महिनादेखि विकास निर्माणको लागि ढाट लगाएर सडक अवरोध गरेपनि हालसम्म वर्ता समेत भएको छैन । मेयर मुनी साहले आफ्नो निजी घर सार्वजनिक जग्गा मिचेर बनाएरको छ । त्यस जग्गामा सुकुम्वासीलाई घर बनाउँन व्यवस्थापन गर्न नेपाल पत्रकार महासँघका केन्द्रीय परिषद सदस्य दिनेश्वर गुप्ताले जिकिर गर्नुभएका थिए । पत्रकार गुप्ताले पशुपति मावि लहानले ९ बर्ष अगाडि करोडौ रकम लिएर व्यापारीहरुको लागि स्टल नबनाएकोले आन्दोलितपक्षलाई व्यवस्थापन गर्न माग गरेको बताउँनुभयो । महिला हिँसा, बलात्कार, छुवाछुत, बोक्सीको आरोपलगायत समाजिक विकृतिले सिरहामा जरा गाडेको भन्दै गुप्ताले दोषीलाई कारवाही हुन नसकेको आरोप लगाएका छन् ।

कार्यक्रममा लहान नगरपालिकाका उपमेयर सरियार चौधरी, जिल्ला उद्योग वाणिज्य सँघका अध्यक्ष अशोकलाल अमात्य, नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष मनोज बनैता, रेडक्रस सोसाइटीका फुलेश्वर महतो, नेपाली काँग्रेसका क्षेत्रीय सभापति महेश चौधरी, काँग्रेसका लहान सभापति रासलाल राय, जसपाका नगर अध्यक्ष दिनेश महतो, माओवादी केन्द्रका प्रतिनिधि, नागरिक समाजका भैरव गैलाल, कृष्ण गेरैल, लोसपाका नगर अध्यक्ष महमुद आलम, एमालेका प्रतिनिधि, नेकपा समाजवादीका प्रतिनिधिलगायत एक दर्जन पत्रकारले शान्ति सुरक्षामा जोड दिँदै समाजिक विकृति, भ्रष्टाचार नियन्त्रण गर्न जोड दिएका थिए । नेपाल पत्रकार महासँघ सिरहाका उपाध्यक्ष गणेश साहले लहानका मेयर मुनी सालाई उत्तर कोरियाका तानाशाह किमजोंँगको सँज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१