Siraha Times
ताजा समाचार

सप्तरीको सुरुङ्गामा सरोकारवाला द्वारा अनुगमन

  • पुस २, २०७८
  • ११९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ पुष- सवल नेपाल र सेभद चिल्ड्रेन नामको संस्थाले सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकामा सवल नेपाल र सेभद चिल्ड्रेनले एक १ बर्षमा गरेको कामको अनुगमन र समिक्षा गर्न सरोकारवालाहरुले घटना स्थल पुगेका छन्। सवल नेपाल र सेभद चिल्ड्रेनले शिक्षा स्वास्थ र बेरोजगार,र पीडित समुदायमा काम गर्दै आएका छन्।कामको अनुगमन गर्न जिल्ला समन्वय समितिको प्रतिनिधि दिलिप कुमार साहको अध्यक्षतामा भएको कार्यक्रमको सल्लाह कारसमितिको फिल्ड अनुगमन कार्यक्रम सम्पन्न भएको छ्। सवल नेपालले सेभद चिल्ड्रेनको आर्थिक सहयोगमा सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको समन्वयमा संचालन गरेको समउन्ती कार्यक्रम लैङ्गकि केन्द्रित परियोजना र घरमा सुरक्षित सिकाई परियोजनाबाट सन २०२१ मा भएको सम्पूर्ण क्रियाकलापहरुको अनुगमन गरेका छन्।

Open photo

सप्तरी जिल्लाको समन्वय समितिका प्रतिनिधि दिलिप साह,शिक्षा बिकास तथा समन्वय एकाईको एकाई प्रमुख बिजय कुमार मंण्डल,जिल्ला स्वास्थ कार्यालयको जनस्वास्थ अधिकृत राज नारायण ठाकुर,सवल नेपालका अध्यक्ष जुना गिरी,सेभद चिल्ड्रेनका परियोजना संयोजक इन्द्रबहादुर हायो,र कान्ति खडका,खडक नगरपालिकाका उप प्रमुख यास्मिन सुल्तान,खडक नगरपालिकाको समाजिक बिकास समितिको संयोजक भगबती प्रसाद चौधरी, सुरुङ्गा नगरपालिकाको नगर शिक्षा अधिकारी हिरालाल राना, समाजिक बिकास समितिका संयोजक देब्रेन्द्र प्रसाद चौधरी, शिक्षा श्रोत ब्यक्ती भोगेन्द्र कुमार यादव लगायतका सरोकारवालाहरुले अनुगमन कार्यक्रममा उपस्थिति रहेको फिल्ड अफिसर सुस्मा साहले जानकारी दिनु भयो।

Open photo

कार्यक्रममा सबल नेपालका परियोजना संयोजक नन्द किशोर चौधरीले कार्यक्रमको उदेश्य प्रस्तुत गर्नु भएको थियो भने सवल नेपालका परियोजना अधिकृत राधेश्याम रामले कार्यक्रम संचालन गरेका आयोजकले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१