ताजा समाचार

प्रविधिले भरिएको कार अब लहानमै किन्न सकिने

  • मंसिर २८, २०७८
  • १२३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २८, मंसिर । सिरहाको लहान नगरपालिका वडा नम्बर - ११ पडरियामा सोमवार देखि भाग्य महालक्ष्मी अटो मोवाइलस प्राली संचालनमा आएको छ । विश्वकै दोस्रो पुरानो १ सय बर्ष ईतिहास बोकेको रेनाल्ट ब्राण्डको कार शो- रुम सहितको सेवा संचालक रामबाबू साहले संचालनमा ल्याईएको बुझिएको छ । सेवा संचालनमा आएपछि सस्तो मुल्यमा आकर्षक , बलियो र नयाँ टेक्नोलोजीको कार अब लहान मै किन्न सकिने छ । रेनाल्ट ब्राण्ड फ्रान्स कम्पनी द्वारा भारतमा म्यानुफ्याक्चरभई नेपाल भित्रीएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा आएका उधोग बाणिज्य संघ लहान, सिरहाका अध्यक्ष अशोकलाल आमात्यले बताएका छन् । आधुनिक प्रवधी (नौलो ब्राण्ड) को कार भएकोले उक्त गाडिले राम्रो बजार पाउने अपेक्षा गरिएको अध्यक्ष आमात्यले शुभकामना दिएका छन् । सन् १०१६ मा एडभान्स अटो मोवाइलले नेपालमा उक्त ब्रान्डको डिलरको सुरुवात गरेको प्रालीको आधिकृत बिक्रेता अनिल कुमार श्रेष्ठ बताए ।

शो- रुमको उदघाटन गर्न बिशिष्ठ अतिथिको रुपमा लहान आएका श्रेष्ठले भने ,' छोटो समयमा नेपाल भरी रेनाल्टले बजार जमाउन सफल भएको छ । ' रेनाल्ट ब्रान्डको कार किन्नका लागि लहानमा गरिएको सर्भे अनुसार माग बढी देखिएकोले डिलरको सुरुवात गरेको हो । रिजनेवल प्राईसमा सजिलो, सहज तरिकाले स्पेयरपार्टहरु बजारमा किन्न पाईने भएको कारणले पनि मार्केटमा रेनाल्टको बढी डिमान्ड रहेको उनले बताए।, उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोललाल आमात्य र संचालक रामबाबु साहका पिता रासलाल साहले संयुक्त रुपमा रिबन काटेर शो- रुमको उदघाटन गरेको थियो । शेख मिडिया हाउसद्वारा संचालित सरगम एफएम लहानका संचलक तथा संचारकर्मी फिरोज शेखले कार्यक्रमको उदघोष गरेका थिए । डिलरका संचालक रामबाबु साहको अध्यक्षतामा संचालित उदघाटन समारोहमा डिलर्स नेटवर्क नेपालका प्रतिनिधि बिपुल भट्टराई , कृषि विकास बैंक लहानका शाखा अधिकृत रामचन्द्र यादव , नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता यादव , महासंघकै केन्द्रिय परिषद् सदस्य दिनेश्वर प्रसाद गुप्ता लगायतका संचारकर्मिहरुको उपस्तिथि रहेको थियो ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤