ताजा समाचार

लहान राजयोगमा स्वप्रेमपछिको विज्ञान

  • मंसिर २८, २०७८
  • ८९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भारती गुप्ता (नवसंग्राम दैनिक । रेडियो सौगात) लहान, २८ मंसिर । राजयोग सेवा केन्द्र लहानले २८ औं बार्षिकोत्सव हालै लहानमा स्नेहमिलन कार्यक्रम गरेको छ । सो कार्यक्रम अन्तरगत विद्यार्थी जीवनमा राजयोगको आवश्यकता, स्वप्रेमपछिको विज्ञान र लागु औषध दुव्यसनीविरुद्ध आध्यात्मिक विषयक ४ दिने कार्यक्रम समेत गरेको छ । आध्यात्मिक कार्यक्रममा लहान मेडिकल इन्स्च्यिुट, सगरमाथा चौधरी आँखा अस्पतालका अप्थोमेस्टिक एसिस्टेन्ट, जेएसमुब क्याम्पस, साइपल क्याम्पस र सोस स्कूलका ५ सय विद्यार्थी सहभागी भएका छन् । सहभागीहरुलाई सकारात्मक चिन्तन, स्वयमलाई प्रेम गर्ने विधि, आत्म अनुभूति गर्ने विधि सम्बन्धि ज्ञानप्रेष गरेको बविन बस्नेतले बताए । कार्यक्रममा ब्रह्माकुमार राजिप कर्ण, ब्रह्माकुमार डा.सागरनाथ अधिकारी, ब्रह्माकुमार बविन बस्नेत, ब्रह्माकुमार सन्तोष भाईले सहजीकरण गरेका थिए । कार्यक्रमको आयोजना ब्रह्माकुमारीज युवा प्रभाग जनकपुर सवजोनले गरेका थिए । मंसिर २१, २२, २३ र २४ गते गरी चार दिन चलेको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤