माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलनमा कपिलवस्तु बाट मौलाना मशहूद लगायत १७ प्रतिनिधि निर्विरोध निर्वाचित

  • मंसिर २७, २०७८
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, मंसिर २७ नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो । समितिको सोमबार ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गरेको छ । अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट पदाधिकारी बन्ने छन् । कपिलवस्तु बाट नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीमा १७ प्रतिनिधी सर्वसम्मत रुपमा निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले जानकारी दिएका छन् । उनका अनुसार रुद्रलाल बन्जाडे, ,रामचन्द्र शाहा(क.बिष्णु),सत्यनारायण त्रीपाठी , सुकै थारु , अर्जुन प्रसाद सापकोटा , बिजय प्रकाश जैसवाल , करम बहादुर यादव , जनि बन्जाडे, कमला भुसाल, विमला दहित, उमा बि.क, शुष्मा यादब, रण बहादुर परियार, धन बहादुर यादव , नारायण प्रसाद भुसाल गरि मुस्लिम समुदाय बाट, मौलाना मशहूद खां नेपाली , हजरत अलि मुसलमान प्रतिनिधी छनौटमा परेका हुन् । नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, माओवादी केन्द्रका नेता केशर ओली, राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की लगायतले नव निर्वाचित सम्पूर्ण प्रदेश कमिटी लाई हार्दिक बधाई दिदै सफल कार्यकाल को शुभकामना समेत व्यक्त गरेका छन् l

प्रतिक्रिया दिनुहोस

सिरहामा ३३ औं लैङ्गि ...

संजू कुमारी दास मङिर १० , लाहान सिरहा हामी सबैको प्रतिबद्धता, लैंङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धत ...

नवराजपुरमा दोस्रो अध ...

रहमुल लहान १० मंसिर सिरहाको नवराजपुर‌ गाउँपालिका द्वारा आयोजित दोसो अध्यक्ष कप क्रिकेट प्रतियोग ...

मल्हनियाँमा क्रीकेट ...

रासिन्द्र यादव, सप्तरी, १० मंसिर । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियाँमा क्रीकेट प्रत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१