Siraha Times
ताजा समाचार

बर्शौ बर्ष देखि सदा समुदायका ब्यक्तीहरु खोलाको पानी खान बाद्य्य: समाज सेबि चौधरी गरे खानेपानीको प्रबन्ध

  • मंसिर २५, २०७८
  • ११५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ मंसिर- सिरहाको लहान नगरपालिका वडा नम्बर १५ ढोडना स्थित रहेको मुसहर समुदायले बर्शौ बर्ष देखि खोलाको पानी खान बाद्य्य रहेका दलित मुसहर समुदायमा नेपाली काङ्ग्रेस नेता थाहा बरिस्ठ समाज सेबी महेश चौधरीले करिब ४५ घर धुरी रहेका मुसहर समुदायले करिब लामो समय देखि खोलाको पानी खान बाद्य्य रहेका थिए। राज्यको सेवा सुबिधाबाट बन्चितीकरणमा परेका मुसहर समुदायलाई लहान नगरपालिकाबाट समेत कुनै किसिमको सहयोग नभएको अवस्था रहेको छ। २१ सयौं सताबदीमा आई पुग्दा बिश्वमा टेक्नोलोजी प्राविधीले निकै फडको मारे पनि लहान १५ का मुसहर समुदायहरु हाल सम्म खोलाको धमिलो पानी खान बाद्य्य रहेका छन्।

Open photo

उक्त बस्तीमा समाजसेबि महेश चौधरीको द्य्यानाकर्षण भएको छ। समाज चौधरीले उक्त बस्तीमा पुग्दा खोलाको पानी खान्छ सुने पछी मन्कारी चौधरी स्वर्गीय संगिता स्मृति प्रतिस्ठान द्वारा खानेपानीको लागी सानो टुवेलभ ठुलो पानी टयाँन्की र पानी तान्ने मोटर सहित खानेपानी धाराको ब्यबस्था मिलाई दिएको हो। उक्त मुसहर बस्तीमा खानेपानीको प्रबन्ध मिलाईदिदा मुसहर बस्तीका ब्यक्तीहरु निकै खुशी भएका थिए। यस्तै दिन दुखीहरुलाई सहयोग गर्नु स्वभाबिक हो। यस्ता पीडितहरुलाई निकै सहयोग गर्दै आएका छन्।

Open photo

समाजसेबि महेश चौधरीको श्रीमती कोरोना कालमा समाजसेवा गर्दा गर्दै कोरोना लगेर संसार छोडेर सधैंको लागि अलबिदा भएको थियो। श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेको दिन समाज सेबि चौधरीले समाजका पीडित दलित निमुखा ब्यक्तीहरुलाई सहयोग गर्दै आएका छन्। उक्त बस्तीमा करिब ४५ घर धुरी मुसहर दलित बस्ती रहेका छन्।खानेपानी जडान हुँदा उक्त बस्तीका ब्यक्तीहरुले खुशी व्यक्त गरेका थिए।जडान गरेको खानेपानीको उदघाटन गर्दै चौधरीले उक्त धाराका पहिलो पानी उक्त बस्तीका सबभन्दा ब्योवृद्धहरुलाई समाजसेबि महेश चौधरीले खुवाएका थिए।

Open photo

अतिथिहरुमा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद सदस्य दिनेश्वर प्रसाद गुप्ता,रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्व्कर्मा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,वडा अध्यक्ष तेज नारायण चौधरी काङ्ग्रेस नेता आनन्द चौधरी,जनप्रतिनिधि राम कुमारी दास,आन्न्द राउत,तारनी चौधरी,टिका बहादुर राउत,नवीन कुमार चौधरी ,बलिराम चौधरी,टुने बहादुर राउत,वडा सदस्य आनन्द कुमार राउत, लक्ष्ण चौधरी थारु क्षेत्री प्रतिनिधि पबित्रा तामाङ,फिर्ती चौधरी,अशा राम चौधरी समाजसेबिको अभियानमा लागेका समाजसेबि महेश्वरी चौधरी लगायतका ब्यक्तीहरुको सहभागीता रहेको आयोजकले जानकारी दिनु भयो।

 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१