ताजा समाचार

पँची मण्डलको घरजग्गा भित्रभित्रै जामुन सहनीको नाममा दर्ता

  • मंसिर २४, २०७८
  • ११३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान २४ मंसिर । सिरहाको लहान ४ स्थित पँची खत्वे मण्डलको नाममा भोगचलन गरिरहेका घरजग्गा सुकुम्वासी आयोगको मिलोमतोमा स्थानीय जामुन सहनीको नाममा दर्ता भएको खुलासा भएको छ । पँची मण्डलले ५० औ बर्षदेखि गाउँब्लक रहेको जग्गामा घर बनाएर बस्दै आएका छन् । उता, स्थानीय केही अगुवाको सहयोगमा सुकुम्वासी आयोगका अमिन युसुफ मियाँले २०५४ सालमै आफ्ना छोरा आविद हुसैनको नाममा दर्ता गराएका थिए ।                            आविदले २०७६ सालमा सो कित्ता ११२ नम्बरको ८ धुर जग्गा जामुन सहनीलाई मोटो रकम लिएर विक्री गरेको छ । जामुन सहनीले सो जग्गामा रहेको घर खाली गर्न पँची मण्डललाई दवाव दिएपछि आर्थिक चलखेलमा सुकुम्वासी आयोगका अमिन कर्मचारीको यस्तो हर्कत सार्वजनिक भएको हो । पँचीका छोरा प्रमोद मण्डलले १ कठ्ठा १८ धुरमध्ये ८ धुर जग्गा भित्रभित्रै उनीहरुले आफ्नो नाममा दर्ता गराएको छ । यो मेरो घरजग्गा हो, बर्षोदेखि मेरो आमाबुवाले भोगचलन गर्दै आएका छन् । यसरी कसैको जग्गा अरु कसैको नाममा जाने कुन कानुनले दिएको हो ? यस्तो रहियो भने गरिब कसरी बाच्न सक्छन् ? उनले पत्रकार सम्मेलनमा दुखेसो पोखे । आफ्नो जग्गा फिर्ता पाउँन पंची मण्डलले ३ महिना अगाडि उच्च अदालत राजविराजमा मुद्दा हालेका छन् । २०५४ सालताका सुकुम्वासी आयोगका सिरहा अध्यक्षमा रजाक राइन रहेका थिए । सहनीपक्षले यो जग्गा मेरो हो भन्दै ‘मुद्दा अदालतमा गइसकेको छ ।’ ‘अदालतले जे फैसला गर्छ, त्यसलाई मानैपर्छ ।’ उनीहरुको कथन छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤