पँची मण्डलको घरजग्गा भित्रभित्रै जामुन सहनीको नाममा दर्ता

  • मंसिर २४, २०७८
  • ९४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान २४ मंसिर । सिरहाको लहान ४ स्थित पँची खत्वे मण्डलको नाममा भोगचलन गरिरहेका घरजग्गा सुकुम्वासी आयोगको मिलोमतोमा स्थानीय जामुन सहनीको नाममा दर्ता भएको खुलासा भएको छ । पँची मण्डलले ५० औ बर्षदेखि गाउँब्लक रहेको जग्गामा घर बनाएर बस्दै आएका छन् । उता, स्थानीय केही अगुवाको सहयोगमा सुकुम्वासी आयोगका अमिन युसुफ मियाँले २०५४ सालमै आफ्ना छोरा आविद हुसैनको नाममा दर्ता गराएका थिए ।                            आविदले २०७६ सालमा सो कित्ता ११२ नम्बरको ८ धुर जग्गा जामुन सहनीलाई मोटो रकम लिएर विक्री गरेको छ । जामुन सहनीले सो जग्गामा रहेको घर खाली गर्न पँची मण्डललाई दवाव दिएपछि आर्थिक चलखेलमा सुकुम्वासी आयोगका अमिन कर्मचारीको यस्तो हर्कत सार्वजनिक भएको हो । पँचीका छोरा प्रमोद मण्डलले १ कठ्ठा १८ धुरमध्ये ८ धुर जग्गा भित्रभित्रै उनीहरुले आफ्नो नाममा दर्ता गराएको छ । यो मेरो घरजग्गा हो, बर्षोदेखि मेरो आमाबुवाले भोगचलन गर्दै आएका छन् । यसरी कसैको जग्गा अरु कसैको नाममा जाने कुन कानुनले दिएको हो ? यस्तो रहियो भने गरिब कसरी बाच्न सक्छन् ? उनले पत्रकार सम्मेलनमा दुखेसो पोखे । आफ्नो जग्गा फिर्ता पाउँन पंची मण्डलले ३ महिना अगाडि उच्च अदालत राजविराजमा मुद्दा हालेका छन् । २०५४ सालताका सुकुम्वासी आयोगका सिरहा अध्यक्षमा रजाक राइन रहेका थिए । सहनीपक्षले यो जग्गा मेरो हो भन्दै ‘मुद्दा अदालतमा गइसकेको छ ।’ ‘अदालतले जे फैसला गर्छ, त्यसलाई मानैपर्छ ।’ उनीहरुको कथन छ ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१