Siraha Times
ताजा समाचार

ढठा छाेर तथा सिनाेबहिष्कार आन्दोलनका अगुवाकाे हुन् शिवकुमार महरा !

  • मंसिर २२, २०७८
  • १४७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हामी मधेस का चमार जाति हाै । हाम्रो जातका मुख्य काम र पेशा भनेकाे मरिसकेको पशुहरूलाई फाफ्ने र त्यसकाे छाला निकालेर घाममा सुकाएर बेच्ने थियाे र छालाका जुत्ता नया निर्माण गर्ने र फाटेकाे चप्पल र जुत्ता लाई सिउने र त्यो बापत आएकाे आम्दानिले घरखर्च चलाउने मुख्य आय श्राेत नै सिनाे फाल्ने र अाम्दानि गर्ने थियाे । त्यति वेला आर्थिककाे जरजरता रहेकाे अवस्थामा मरिसकेको गाई बस्तुकाे छालापनि निकाल्ने र त्यहीँ सिनाेकाे मासुपनि खानुपर्ने बाध्यता थियाे र कतिले मासुकाे सुकुटी बनाएर बर्षाै भरि खाने गरिन्थ्याे । रविदास समाज नेपाल काे अगुवाइमा मधेस का जिल्ला हरूमा सिनाे बहिष्कार आन्दोलन तथा ढठा छाेर आन्दोलन तिवर गतिमा गाउँ गाउँ मा भईरहेकाे थियाे र ढठा छाेर आन्दोलन सँग जनचेतना स्तरउठाउने सभा सममेलन पनि गरि चमार समुदाय लाई संगठित गर्दै समेत थियाे । रविदास समाजमा पदाधिकारी हरू अनेक बाधा अवरोध पारगर्दै सिनाेबहिषकार र ढठा छाेर आन्दोलन लाई निरन्तर अगाडि बढाउदै लगे र सिनाे बहिष्कार समर्थक र अवरोधक बिच घमासान संघर्ष लामाे समय देखि चलिरह्याे र आजकाे दिनमा अन्तत: ढठाछाेर अान्दोलन सफल रहयाे । नेपाल रविदास समाज नामक जातीय संगठन निर्माण गरि सिरहाका शिव कुमार महराकाे नेतृत्वमा सिनाे बहिष्कार आन्दोलन गाउँ गाउँ मा चलाईरहकाे थियाे । उहाकै नेतृत्व मा चमार जातिलाई संगठित गर्दै आन्दोलन उत्कर्षमा समेत पुगिसकेको थियाे । २०५६ सालमा सिरहा काे लहानमा सिनाेबहिष्कार आन्दोलन काेठूलाे रूपलियाे र अान्दोलन सफल समेत भयाे । आज जुन चमार समुदायको डठाछाेर आन्दोलन बाट मुत्ति पाएकाे त्यसकाे श्रेय धेरैलाई जान्छ त्यसकाे मुख्य श्रेय नेपाल रविदास समाजकाे सिरहाका सिनाे बहिष्कार आन्दोलन कर्मि शिवकुमार महरालाई दिनै पर्छ र राज्य ले महान समाजिक आन्दोलन गरेकाे व्यत्तिलाई राज्य द्वारा सम्मान गर्न आवश्यक छ । नेपाल रविदास समाजमा पदाधिकारी मध्ये र ढठा छाेर अान्दोलन का अगुवा शिवकुमार महरा सिरहा जिल्ला काे कल्याणपुर नगरपालिका वडा नम्बर १ मा वहाँ काे घर छ ।वहाँ काृ जन्म २०२२ सालमा अति गरिव परिवारमा जन्मिनु भएकाे शिवकुमार महरा समुदाय काे उत्थान र समािजक न्याका लागि दिनअहाेरात खरि खटिरहनु भएकाे महरा अहिलेसम्म अविवाहित रहि अन्याय काे विरूद्व संघर्ष गरिरहनु भएकाे छ । वहाँ स्वर्गीय सुवाई महरा र स्वर्गीय तेत्रि देवि महारकाे ३ वटा छाेरा मध्ये दाेश्राे छाेराे हुन  । वहाँ काे ३ दाजुभाइ र २ वटा दिदिबहिनी छन ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१