Siraha Times
ताजा समाचार

सिराहा:मेयर श्रवण यादवलाई समातेर सम्पत्ति छानबिनको माग

  • मंसिर २०, २०७८
  • ११२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम मंसिर २०गते । सिरहाजिल्लाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवविरुद्ध ज्यान मार्ने मुद्दामा पक्राउ पुर्जी जारी गरिएपनि प्रशासनले पक्राउ नगरेपछि जनता समाजवादी पार्टी जसपा आन्दोलनमा उत्रिएका छ । उच्च सरकारी वकिलको कार्यालय राजविराजले मेयर यादवमाथि ज्यान मार्ने मुद्दा चलाउन भनेपनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएका कारण आन्दोलन गर्नुपरेको जसपा नेता अजय साहले बताए ।उनले मेयर यादव व्यापक भ्रष्टाचार गरेकाले सम्पत्ति छानविन गर्नुपर्ने माग समेत गरे । उनले भने, ‘मेयर यादवको सम्पत्ति छानविन र ज्यान मार्ने मुद्दामा पक्राउ नगरे जसपा चरणबद्ध आन्दोलन गर्छ ।’ आईतबार जसपाका सयौं नेता कार्यकर्ता मिर्चैया बजारमा प्रदर्शन गरेका हुन् । उनीहरुले बजारको विभिन्न भागमा परिक्रमा पश्चात ईलाका प्रहरी कार्यालय मिर्चैया घेराउ समेत गरेका छन् । ‘भ्रष्ट मेयर मुर्दावाद’, ‘मेयर यादवको सम्पत्ती छानविन गर’, ‘अपराधी मेयर यादवलाई पक्राउ गर’ जस्ता नारा जसपाका नेता कार्यकर्ताले लगाएका छन् । कोरोना महामारीका कारण समस्यामा परेको दलित विपन्नलाई राहत वितरण गर्ने क्रममा मिर्चैयामा दोहोरो झडप भएको थियो । झडपमा घाईते आमोद भनिने विजय कुमार यादवले मेयर यादवमाथि मुद्दा दर्ता गराएका थिए । तर सरकारी वकिलको कार्यालय सिरहाले मुद्दा दर्ता नगर्ने निर्णय गरे । पछि उच्च सरकारी वकिलको कार्यालय राजविराजले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश जारी गरेको छ । उच्च सरकारी वकिल कार्यालय राजविराजको आदेश अनुसार मेयर यादवलाई हाजिर हुन पत्र पठाउने र हाजिर नभए पक्राउ गर्न ईलाका प्रहरी कार्यालयलाई जिल्ला सरकारी वकिलको कार्यालय सिरहाले मंसीर ८ मै पत्राचार गरेको थियो । तर प्रहरीले हालसम्म मेयरलाई न उपस्थित गराएको हाे , न पक्राउ गर्न चासो देखाएको हाे । साभार मधेशपार्टी डटकम

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१