ताजा समाचार

लहानमा ब्यवसायीसंगको एक दिने अन्तरक्रिया सम्पन्न

  • मंसिर २०, २०७८
  • ७४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० मंसिर - ब्यबसायीहरुलाई सहि मार्गमा जान र कमि कमजोरीको उन्मुलन गर्न र नयाँ प्राविधिको माद्य्यमले ब्यापारमा प्रगति गर्न सिरहाका करिब १०० जना ब्यवसायीहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्। घरेलु तथा साना उधोग कार्यालय लहानले उद्योगी ब्यापारी र ब्यवसायी गर्ने ब्यक्तीहरुलाई प्रशिक्षण दिएका हुन्। किसानहरुमा पर्न गएको समस्यालाई उथान गर्न घरेलु तथा साना उधोग कार्यालय लहानले बजार बिस्तार गर्न ब्यावसायीहरुसंग अन्तरक्रिया गरेका छन्।

कम्प्युटर ब्यवसायी दिपेन्द्र सिंहका अनुसार किसानहरुको हकमा खाद्य मलको हहकार मचेको छ।लहानमा ब्ययसायी पुरानै तर्जु र बैठखारा अहिले पनि प्रयोगमा रहेको देखिन्छ। लहानमा राम्रो ब्यापार गर्न चुनौतीको विषय रहेको छ्।ठुलो ब्यापार गर्न सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताए। बजार ब्यवसायी बिस्तार गर्न घरेलु तथा साना उधोग लहानका कार्यालय प्रमुख तथा उधोग अधिकृत दिपेन्द्र यादवले ब्यापार बिस्तार गर्न प्रशिक्षण दिएका थिए।उक्त कार्यक्रममा लहानका विभिन्न संस्था र बैंक प्रमुखहरुको सहभागीता रहेको थियो।

पत्रकार अर्जुन थपलियाका अनुसार अबारा पुजी बादको दुनियाँमा किसानले उत्पादन गरेको उपजलाई किसानले मुल्य तोक्नु पर्ने अधिकार किसानलाई नै हुनुपर्ने जोडदार माग उठाएका थिए।जिबनको लामो समय पत्रकारिता पेसामा आवद्ध रहेर कामगरेका थपलिया हाल कृषि खेतीमा फर्केका छन्। हाल पत्रकार थपलिया कुशल किसानको रूपमा स्थापित भएका छन।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤