लहान : सहाकारी संस्थाको बार्षिक साधारण सभा

  • मंसिर १९, २०७८
  • ९४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १९, मंसिर । शोभा वचत तथा ऋण सहाकारी संस्था लिमिटेड लहान नगरपालिका वडा नम्बर - १५ , शोभापुर (सिरहा) को १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । वडा नम्बर - १५ का वडा अध्यक्ष तेजनारयण चौधरीको प्रमुख आतिथ्य र सहाकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो । खुल्ला सत्रमा संस्थाका कोषाध्यक्ष सुर्यनारायण चौधरीले आय ब्यय प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०७७/ ०७८ मा संस्थाले ८ लाख १० हजार १६ रुपैया ६३ पैसा आम्दानी गरेको संस्थाका कोषाध्यक्ष सुर्य नारायण चौधरीले जनाएको छ। कोषाध्यक्ष चौधरीले आयव्यय प्रस्तुत गर्दै उक्त आर्थिक बर्षमै ६ लाख ६० हजार ६३ रुपैया ३० पैसा खर्च भएको बताए । २०६५ सालमा स्थापना भई संस्थाले हलसम्म ३ सय ८४ जना शेयर सदस्य संख्या बिस्तार गरेको छ । लहान नगरपालिका वडा नम्बर - १५ , १६ , १७, १८ कार्यक्षेत्र रहेको संस्थाले समुदायमा बचत तथा ॠणको कार्यक्रम संचालन गरिरहेको छ । प्रभु , हिमाल, आई प्याय , सिटि एक्सप्रेस , ईसेवा , लगायतका रेमिटान्स सेवा पनि संस्थाले संचालन गर्दै आईरहेको छ ।

Open photo

कार्यक्रममा बचत तथा ॠण सहकारी महासंघ सिरहाका अध्यक्ष संजय कुमार महतो, राष्ट्रिय सहकारी बैंक लहानका प्रतिनिधि सुदिप कुमार साह , शोभा बचत तथा ॠण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष बलिराम चौधरी , नेकपा एमालेका मुङ्गालाल चौधरी लगायतको उपस्तिथि रहेको थियो । खुल्ला शत्रको औपचारिक कार्यक्रम समापन भएपनी बन्द शत्रको कार्यक्रम जारी नै रहेको छ । बन्द शत्रबाट संस्थले नयाँ कार्यसमिति चयन गर्ने जनाईएको छ । कार्यक्रममा बोल्ने अधिकान्सले संस्थाले गर्दै आईरहेको कार्यको प्रसंसा गर्दै उन्नति प्रगतिका लागि कामना गरेका थिए । संस्थाको व्यवस्थापक रुद्रनारायण चौधरीले उदघोषकको भुमिका निर्वाह गरेका थिए ।

Open photo

प्रतिक्रिया दिनुहोस

जनताको आवाज केन्द्रम ...

रहमुल, सिरहा २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत तथा का ...

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१