ताजा समाचार

रासायनिक मल अभावले किसान बिजोगमा

  • मंसिर १९, २०७८
  • १०१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंसिर १९,२०७८ राजविराज सप्तरीका किसानहरु बिगत झै चरम रासायनिक मलको अभाव खेप्नुपरेका छ्न।गहुँ र तरकारी खेतीमा प्रयोग गर्नुपर्ने रासायनिक मल युरिया र डिएपीको चरम अभाव भएका छन । युरियाको खासै अभाव छैन।पहिलो लटमा ४० बोराका दरले एक सय ३८ वटा संस्थालाई यताबाट बितरण गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड राजविराजका प्रमुख शत्रुधन साहले बताएका छ्न। कृषि सामग्री संस्थानबाट पनि डिएपी बितरण भैइरहेको छ।हामीले पहिलो लटमा यति दिएका छौं ।केहि दिनभित्रै डिएपी आएपछि बितरण गर्नेछौं ।किसानलाई मलको अभाव हुन नदिन प्रयासरत छौँ ।उनले भने । किसानहरुलाई बितरण गर्न पठाइएको मल चाहिँ किसानले सहज रुपमा पाइरहेका छैन। रासायनिक मलको अभावको वर्षेनि गुनासो सूनिन्छ ।अहिले चारेतिर रासायनिक मल उपलब्ध गर्न किसान व्यस्त देखिन्छ ।जतासुकै मल अभावको टिकाटिप्पणी हुने गरेको छ। नेपालमा वर्षेनि करिव ५ लाख मेट्रीक टन विभिन्न तत्वयुक्त रसायनिक मलको आवश्यकता पर्दछ तर हालका वर्षहरुमा ३ लाख मेट्रीक टन भन्दा वढी परिमाणका लागि अनुदान प्राप्त हुन नसकेको साल्ट ट्रेडिङको तथ्यांकमा उल्लेख गरिएको छ। नेपालमा प्रयोग हुमे मल युरियावाट ४६ प्रतिशत नाईट्रोजन, डि.ए.पि.वाट १८ प्रतिशत नाईट्रोजन र ४६ प्रतिशत फस्फोरस, म्यूरेट अफ पोटासवाट ६० प्रतिशत पोटासियम तत्व प्राप्त हुन्छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤