Siraha Times
ताजा समाचार

बच्चा भनेर हेपिएका बिरेन्द्र अत्याधिक मतले बने नेपाली कांग्रेस मोरङको जिल्ला सदस्य

  • मंसिर १७, २०७८
  • ७३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली कांग्रेस मोरङको जिल्ला सदस्यमा बीरेन्द्रकुमार शाह अत्याधिक मत ल्याएर बिजयी भएका छन्।उम्मेदवार मध्ये सबै भन्दा कान्छा उम्मेदवार २४ बर्षीय शाहले अत्याधिक मत ल्याएर बिजयी भएका हुन्।समाजसेवासँगै राजनितीमा होमिएका शाहलाई केहि नेताहरुले बच्चै छस भन्दै उम्मेदवारी नहाल्न भनिएको थियो। तर राजनितीमा लागेर केहि गर्ने उत्कट चाहाना बोकेका शाहले ‘आसपास’ शैलीमा लुकेर उम्मेदवारी दिएका थिए।

बिएल नेपाली नेपालीसँग कुराकानी गर्दै शाहले जितसँगै खुसी प्रकट गरे। उनले भने, मेरो अझै धेरै सामाजिक उत्तरदाहित्व बढेकोछ, पदको सहि सदुपयोग गर्दै अझै धेरै संगठन निर्माणको काम गर्नेछु। आफुले उम्मेदवारी दिने क्रममा प्रस्तापक र समर्थक नभेटेको गुनासो गरे। उनले भने, कोहि अघि बढ्दैछ भने किन रोकछेकको काम गरिन्छ। विदेशमा युवाहरुले विश्व हल्लाएको दिदैं निषेधको राजनीति नगर्न उनले आग्रह गरे। जिते काम गर्ने, हारे अनुभव हुने सोचमा उम्मेदवारी दिएका शाहलाई बधाईको ओईरो लागेको छ।

को हुन बीरेन्द्र
उनको आफ्नो गतिलो घर छैन्,तर उनी दीन दुखीको घर बनाउने अभियानमा जुट्छन्।नियमित आम्दानी भएका जागिरे पनि होइनन्। तर, मृत्यु सैय्यामा पुगेका सयौ बिरामीलाई नयाँ जीवनं दिन उपचार खर्च जुटाउँछन् । पेशाले पत्रकार भए पनि उनी अहोरात्र सामाजिक काममा हुन्छन् । आफ्नो गोजीमा बिहानको खाना र दिउँसोको खाजा खर्च नहुँदा पनि उनी विपन्न र दुखीको सेवामा जुट्छन्।उनै श्रमजीवी वीरेन्द्रकुमार साह यतिबेला मोरङ कांग्रेसको जिल्ला सदस्यको उम्मेद्वार बनेका छन्। उमेरले भरखर २४ वर्ष पुगेका साह मोरङको सुनवर्षी–२ सुँगा बजारका स्थायी बासिन्दा हुन्।बिराटनगरसँग उनको पत्रकारिताको नाता छ। नभए उनी सधैं गाउँघर मै भेटिन्थे। गाउँमा बाढी पस्दा उनी एकहातमा छाता र अर्को हातमा माइक्रोफोन बोकेर बाढीबाटै प्रत्यक्ष प्रशारणमा आउँछन्।

समाजमा स्थापित पत्रकार मात्र होइन, उनले सामाजिक कार्यकर्ताको भूमिका पनि उत्तिकै निर्वाह गरेका छन्। बिराटनगरबाट २७ किलोमिटर पूर्वमा उनको गाउँ छ।सातामा दुई पटक सम्म गाउँ पुग्ने बीरेन्द्र पत्रकारितामा आएको एक दशक पुग्नै लाग्यो। काठमाडौंका ‘मेन स्ट्रिम’का मिडियामा काम गरेपनि उनले आफ्ना लागि न घर बनाउन सकेका छन्। न एउटा मोटरसाइकल जोड्न सकेका छन्।भन्छन्–तलव पारिश्रमिक सबै सोसल काममा सकिन्छ। नेविसङ्घको राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका साह नेपाल पत्रकार महासङ्घ मोरङका निर्वाचित जिल्ला सदस्य हुन्।पत्रकारले राजनीति गर्नु हुन्न भन्ने साहलाई थाहा छ। उनले भने– एउटा पत्रकार बिचार बिनाको हुँदैन। कोही कांग्रेस हुन्छ, कोही कम्युनिष्ट, कोही अरु कुनै दल वा आस्थासँग नजिक हुन्छ। पत्रकारले समाचार लेख्दा पार्टीको आस्थासँग जोडिनु हुँदैन। आस्थालाई अलि पर राखेर ल्यापटप खोल्नु पर्छ। उनले आफ्नो पत्रकारिता आजका मितिसम्म निष्पक्ष भएको दाबी गरे।

साहले आफै अध्यक्ष भएर हिपमत मिडिया प्रालि सञ्चालन गरेका छन्। बिराटनगरमा कार्यालय रहेको मिडियामा ६ जना श्रमजीवी कार्यरत छन्। सानो कदका भएपनि वीरेन्द्रको सामाजिक उचाई कुनै प्रतिष्ठित ब्यक्तिको भन्दा कम छैन्। उनी भन्छन्–मोरङ कांग्रेसको जिल्ला सदस्यमा जिताउनुभएकोमा धन्यवाद दिन चाहान्छु।पैसा र पावरले पार्टी सञ्चालन गर्ने बिरुद्ध आफ्नो उम्मेद्वारी भएको दाबी गर्दै उनले भने निष्ठाको राजनीतिलाई संस्थागत गर्न उम्मेद्वार बनेको बताए। 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१