Siraha Times
ताजा समाचार

सिरहा क्षेत्र नम्बर -१ को काङ्ग्रेस सभापतिमा सामजसेबि चौधरी निर्वाचित

  • मंसिर १६, २०७८
  • ९७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ मंसिर - नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी निर्वाचित भएका छन् । निर्वाचित चौधरीले कोरोनाकालमा गरिब, दलित, अपांग लगायतलाई राहत बाँडेर देशब्यापी चर्चा कमाएका थिए । कडा प्रतिस्पर्धाका बिच चौधरीले ३२४ मत ल्याई विजय भएका छन।युवा नेता चौधरी संग प्रतिस्पर्धामा उत्रेका कन्हैया गुप्ता ३१५ मत प्राप्त गरेका छन। चौधरी ९ मतले क्षेत्रीय सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।चौधरीले पत्रकारहरु संग कुरा गर्दै हामीले नेता सुनिल महतो,अरुण केसी,फुलेशवर महतो लगायतका समुहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिँएका थिए बताउनु भयो।

उनले आफु देउवा पक्षको उम्मेदवार भएको दाबी गरेका हुन। समाजमा नेता चौधरीको योगदान निकै रहेको थियो। हामीलाई चुनावमा बिजय गराउनु हुने सम्पुर्ण नेता कार्यकर्ता र हामीलाई चुनावमा सहयोग गर्नु हुने सम्पुर्ण पत्रकार र संन्चारकर्मी र बुद्धि जिवित र समाज सेबि,र आमसमुदायलाई एक मुस्ट रूपमा बधाई तथा धन्यवाद दिनु भयो। नेता महेश चौधरी बिगत लामो समय देखि ओहोरात्र समाज भलोको लागी ब्यक्ती गत रूपमा आर्थिक सहयोग देखि विभिन्न किसिमको सहयोग समाजमा गर्दै आएका छन्। उनले समाजमा गरेका कामहरु उच्च सराहनीय रहेको जनसमुदायको अपिल रहेको छ।उनले कोरोना महामारीमा समाज सेवा गर्दा गर्दै श्रीमती स्वर्गीय संगिता कर्मचार्य र नजिक कै भाई दिपेन्द्र सिंहलाई गुमाएको दु:खद खबर समाजमा जग्जाहेर रहेको छ। चौधरीको जित नै लहान जनताको भलो र समृद्धि हुने लहान बासीको भनाई छ । कांग्रेस निर्वाचन तालिका अनुसार आइतबार सहमतिको प्रयास र सोमबार निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१