ताजा समाचार

श्री चन्द्रा नमुना मा.वि बोदे बर्साईनको अभिभावक भेला कार्यक्रम सम्पन्न , अध्यक्षमा अनिरुद्ध कुमार सिंह यादव

  • मंसिर १४, २०७८
  • १००५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असोज १४ , मंगलबार बोदे बर्साईन : सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ मा रहेको नमुना विद्यालय श्री चन्द्रा नमुना माध्यमिक बिधालय बोदे बर्साईनको अभिभावक भेला तथा बिधालय व्यवस्थापन समिति नवगठन कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितीका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी दाता परिवारका सदस्य तथा पुर्व बिधालय व्यवस्थापन समितीका अध्यक्ष बृजेन्द्र कुमार सिंह यादव,गजेन्द्र कुमार सिंह यादव र अनिरुद्ध कुमार सिंह यादव अतिथिहरुमा बिधालयको प्रअ गौरी शंकर यादव , वडा अध्यक्ष मो. मजेबुल रहमान , बोदे बर्साईन नगरपालिका शिक्षा शाखाको प्रतिनिधि कविता कर्ण ,नि वर्तमान बिधालय समितिका सदस्य सावित्री देबी यादव, कमलेश झा , बिमलादेवी यादव , अनिल प्रसाद सिंह , श्यामदेवी रौनियार , रामकृष्ण साह पत्रकार उमेश कुमार साह, बिधालयको कर्मचारीहरु , अभिभावक - प्रतिनिधि लगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै बिधालयका प्रअ गौरी शंकर चौधरीले शिक्षाको विकास पहिलो आवश्यकता भएको भन्दै यसका लागि शिक्षाको विकासका लागि वडा कार्यालय र नगरपालिका लागिरहेको बताउनु भयो । श्री चन्द्रा नमुना माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र आगामी दिनमा अझै यसमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ का वडा अध्यक्ष मो. मजेबुल रहमानले विद्यालयको लागि वडाले सकेजति सहयोग गरिरहेको भन्दै अन्य विद्यालय भन्दा यश विद्यालयको आवश्यकता बढि रहेकोले सोही अनुसार सहयोग गर्न प्रयास गर्ने बताउनु भयो । प्रधानाध्यापक गौरी शंकर चौधरीले कार्यक्रममा विद्यालयको समसामयिक प्रतिवेदन तथा २०७७ श्रावण देखि २०७८ असार मसान्त सम्मको प्राप्ति तथा भुक्तानी विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रअ गौरीशंकर चौधरी , बोदे बर्साईन नगरपालिका शिक्षा शाखाका प्रतिनिधि कविता कर्ण , स्थानीय अभिभावक बिध्या नारायण यादव ,चलित्र प्रसाद यादव , हरि नारायण यादव , राम प्रसाद यादव , दाता परिवारका सदस्य तथा भु पु बिधालय व्यवस्थापन समिती अध्यक्ष अनिरुध कुमार सिंह यादव , गजेन्द्र कुमार सिंह यादव , बृजेन्द्र कुमार सिंह यादव लगायतले शुभकामना मन्त्व्य राख्नु भएका थियो ।

भेला कार्यक्रमको उध्घोसक विधालयका मा बि शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गर्नुभएको थियो । भेलाको बन्द सत्रले नयाँ व्यवस्थापन समिति संघ गठन गरेको छ । भेला कार्यक्रमबाट अध्यक्षमा अनिरुद्ध कुमार सिंह यादव , सदस्यमा बिधालय वडामा रहेको वडा अध्यक्ष मो मजेबुल रहमान तथा दुई जना महिला सदस्य पुनम कुमारी साह र आशा कुमारी चौधरी तथा पुरुष सदस्यमा अनिल प्रसाद सिंह र बिध्या नारायण यादव सर्वसम्मत व्यस्थापन समिति गठन गरेका छन ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤