सिरहा : भन्सार छली गरी लुकिछिपी कमाईखाने दुई भारतिय ट्रक

  • मंसिर १३, २०७८
  • १०८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १३, मंसिर । भन्सार छली गरी नेपाल भित्रीएका अबैध दुईवटा भारतीय ट्रकहरु करिब एक बर्ष देखि सिरहामा लुकिछिपी कमाईखाने भाडोको रुपमा काम गरिरहेका छन् । प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रक भन्सार छलेर नेपाल भित्रिएको रहस्य खुलेको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर - ९ स्थित मुसहर्निया टोलमा थन्किएर राखिएको RJ19 E1428 र RJ06 EAO889 नम्बर (बोर्डिङ्ग गाड्ने ) दुई वटा ट्रक अहिले बेवारिस अवस्थामा छन् । नगरपालिकाका उपमेयर फुल कुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक थन्किएको छ । काम पाए काम गर्छन् ,नपाए थन्काएर राख्छन् । पत्रकारको एक टोलि स्थलगत रुपमा रिपोर्टिङ्ग गर्न पुग्दा उक्त ठाउँमा कोई भेटिएन । स्थानीयलाई समेत सवारी धनिको नाम थाहा छैन् । नाम नखोल्ने शर्तमा एक जना स्थानीयले भने ट्रकहरुलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संल्गनता रहेको छ , ' सत्य तथ्य छानवीनका लागि प्रहरी प्रशासनलाई अनुरोध गर्न चाहन्छु ।, एक दिनको एउटा ट्रकको भन्सार शुल्क करिब ३ हजार पर्छ , दुई वटा ट्रक रहेकोले दैनिक भन्सार शुल्क ६ हजार पर्ने भएको हुँदा मिलोमतोको आशन्का देखिएको स्थानीयले बताए ।

 

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१