ताजा समाचार

उज्जवल समाज कल्याण समिति द्वारा दलित परिवार लाई आर्थिक सहयोग

  • मंसिर ११, २०७८
  • १३८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंगसिर ११ । उज्ज्वल समाज कल्याण ले एक बिपन्न परिवार लाई आर्थिक सहयोग गरेको छ। बाँच्न लाइ जीवन संग संघर्ष गर्दै जिल्ला सिराहा स्थित बिष्णुपुर गाउँपालिका वडा नं-४ थल्हा बस्ने राजदेव पासवान मोटर्साइकल दुर्घटनामा परि लामो समय देखि उपचार को अभाव ले छटपटाइ रहेको राजदेव पासवान को खेतीपाती समेत नभई आर्थिक आम्दानी को स्रोत केही नभएको ले दुई छाक खाना को समेत अभाव भएको अवस्थामा उपचार गराउन एक सामाजिक संस्था उज्जवल समाज कल्याण समितिले आर्थिक सहयोग गरेको छ। २५००५/- पच्चिस हजार पाँच रुपैया नगद सहित १०० किलोग्राम चामल र पाँच किलो रहर को दाल पीडित परिवार लाई सहयोग गरेकोछ। देश तथा बिदेश मा रहेको युवा हरु को सक्रियता मा सहयोग संकलन गरि उक्त रकम को व्यवस्था गरेको थियो । नेपालमा संस्थाको क्रियाशील सदस्यहरु हरु को सहभागितामा पिडित को घर मै पुगि सहयोग हस्तान्तरण गरेका थिए। विभिन्न समस्याले ग्रसित समाज लाइ जीवन सरलता का लागि सामाजिक समस्या हरु सामाजिक भेदभाव, सामाजिक कुप्रथा, सामाजिक विकृती विसंगती , अशिक्षा तथा बेरोजगार लाई न्यूनीकरण गरि समाज उत्थान मा महत्वपूर्ण भुमिका निर्वाह गर्न यस संस्थाको संकल्प रहेको छ।देश तथा विदेश मा रहेको थल्हा गाउँ को स्थानिय युवाहरु को सकृयता मा संस्था गैर साम्प्रदायिक , गैरराजनीतिक एक परोपकारी तथा जनहितकारी सामाजिक संस्थाले परिचित उज्जवल समाज कल्याण समिति नाम ले क्रियाशील रहेको छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤