वीरगञ्जको इनर्वामा नवनिर्मित धर्मशालाको सांसद यादवद्वारा उद्घाटन

  • मंसिर ११, २०७८
  • ५४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगञ्ज, ११मंसिर । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले , विहे , ब्रतबन्ध जस्ता शुभकार्यका लागि होटल , पार्टी प्यालेशमा महङगो शुल्क तिर्नु पर्ने बाध्यता हटाउन आफु लागि परेको बताएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा नवनिर्मित धर्मशालाको शनिवार उद्घाटन गर्दै सांसद यादवले यसका लागि आफनो निर्वाचन क्षेत्रका हरेक वडामा सार्वजनिक धर्मशाला निर्माणमा आफुले जोड दिएको बताए । ईनर्वामा सांसद यादवकै संसदीय कोषबाट ३३ लाख रुपैयाको लागतमा निर्मित धर्मशालाको उद्घाटन गर्दै सांसद यादवले अब गरिब जनताले पनि धर्मशालाबाट धुमधामका साथ बिहे ब्रतबन्धका शुभकार्य र भोजभतेर गर्न सक्ने बताए । उनले आवश्यक्ता र जनताको मागलाई मध्यनजर गर्दै आगामी दिनमा पनि अन्य विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए ।

सांसद यादवले बिकास निर्माणका कार्य र योजनाको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायले लिनु पर्ने र स्थानीय जनसमुदाय कै जिवन स्तरान्ेनतीका लागी विकास योजना र कार्यक्रम तिन वटै तहका सरकारले ल्याउनु पर्नेमा जोड दिए । उनले भने ,‘ गरिव जनताले महँगो रकम तिरेर होटल र पार्टी प्यालेशमा आफ्ना छोरा–छोरीको विवाह गराउँन सक्दैनन्, त्यसैले इनर्वाका जनताको माग र आवश्यकतालाइ मध्यनजर गरेर संसदीय कोषबाट धर्मशाला निर्माण गराएको हुँ ।धर्मशाला उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष श्यामबाबु चौरसिया , जनता समाजवादी पार्टी नेपालका जिल्ला सदस्य लालदेव यादव, नगर अध्यक्ष ईश्वरचन्द्र यादव , ईकाइ अध्यक्ष अरुण यादव, ईकाइ उपाध्यक्ष शेखÞ अब्दुल ,स्थानीय नेता मदन यादव , अशोक साह , अनिल पटेल , विजय साह , फरिद आलम , युवा नेता शेख जलशुदिन , सदाम हुसैन संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता वडा व १६ कि कार्यवाही अध्यक्ष विनिता साह ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सुखीपुर नगरपालिकाले ...

ओम प्रकाश यादव, लहान असार १६ । सिरहा जिल्लाको सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान ...

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१