Siraha Times
ताजा समाचार

वैदेशिक रोजगारी जब सम्म घटदैन तब सम्म हामीले समृद्धिको परिकल्पना गर्न सकिदैन्न: घरेलु प्रमुख यादव

  • मंसिर १०, २०७८
  • ८५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा १० मंसिर - उघोग दिवसको उपलक्षयमा घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानले भबिय रुपमा सातै उधोग दिवस मनाएका छन्।स्वदेशी उधम र उत्पादन,दिगो औधोगिक पुनरुत्थानमा जोड दिदै यस बर्षको उधोग दिवस मनाएका छन्। घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानका कार्यालय प्रमुख तथा उधोग अधिकृत दिपेन्द्र कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्य रहनु भएको थियो।कार्यक्रममा स्वागत मनतब्य कार्यालयको प्रतिनिधि बैजनाथ झाले स्वागत मनतब्य राख्नु भएको थियो । बिशिस्ट अतिथिहरुमा खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरी राजबिराजका कार्यालय प्रमुख सुरेश सिंह, रामदेव ठाँकुर,गृल तथा स्टर ब्यबसायीका जिल्ला अध्यक्ष सुनिल गुप्ता अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव,ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज डा.तपन कुमार दाहाल,सशस्त्र प्रहरी कार्यालय लहानका इन्चार्ज सुशील श्रेष्ठ,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वक्रर्मा,HTP खबरका सिरहा सम्बादाता प्रदीप सिंह,जसपा नेपाल कि नेतृ तथा लहान नगरपालिकाका उपमेयर प्रत्यासी रिता साह रहनु भएको थियो।

प्रमुख अतिथि अशोक लाल अमात्यका अनुसार ठाँउ पहिचान गरेर उघोगलाई प्रमोट गर्नु पर्छ। फिनासिएल स्पोर्ट्स गर्न जरुरी रहेको बताए।नियम कानुन बनाउने जनप्रतिनिधि हरुलाई समझौता गरे उघोगीहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो।धेरै उधोगीहरुको बिकास भएको चर्चा गरेका थियो। महासंघका अध्यक्ष मनोज बनैताका अनुसार यहाँ बाट दर्ता भएका फर्महरु संचालनमा छ की छैन भने अनुगमन गर्न आग्रह गरेका थिए। हाल सम्म पनि कृषि उधमीहरुलाई पहुँच न भएको अवस्था देखि छ। नेतृ रिता साह की अनुसार उधोग लिएर नै ब्यापारमा कहिले काहीं कमिकमजोरीको कारणले गर्दा ब्यापारीहरु दुखी हुने गरेका छन्। करलाई नबढाउन कार्यालय संग आग्रह गरेका थिए।

राम देब ठाकुरका अनुसार नेपाल सरकार उद्योग परिषद स्थापना गरेको थियो।आज हामी प्रत्येक बर्ष मनाउने गरेका छन्। हरेक ब्यक्ती ब्यक्तीले हुझनुपर्ने बताए।नेपालमा ७५% घरेलु उघोग रहेको बताए। हामी उघोगको महत्त्व न बुझेर पछाडि रहेको बताए।युवा पुस्तालाई कसरी रोजगारमा ल्याउने उनलेे जोड दिएका थिए। घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानका कार्यालय प्रमुख तथा उधोग अधिकृत दिपेन्द्र कुमार यादवका अनुसार नेपालमा जब सम्म वैदेशिक रोजगारी घाटदैन तब सम्म हामीले समृद्धिको परिकल्पना गर्न सकिदैन उनले बताएका थिए। प्रदेश २ मै सबभन्दा उधोग दर्ता भएको जिल्ला सिरहा नै हो उनले गर्भ गरेका थिए। आरएम्सि प्रोडक्टका संचालक कुसेश्वर महतोका अनुसार बिना बैंकहरुको सह्कार्यले उधोघहरु सम्भव नरहेको बताएका छन्। उक्त कार्यक्रममा दर्जनौं उधोगीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए। उघोग दिवसको उपलक्ष्यमा लहान २०का अपाङ्ग तथा अस्क्त लगन देब सदायलाई सम्म गरेका अयोजकले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१