Siraha Times
ताजा समाचार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा औपचारिक उद्घाटन

  • मंसिर ९, २०७८
  • ९७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, मंसिर ९ कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।“घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा माइती नेपाल, आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,सुआहारा दोस्रो , नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका नि.प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय,विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी ,नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा ईश्वरी प्रसाद पौडेल ले ले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न कृष्णनगर नगरपालिका का नि. प्रशासकीय अधिकृत चन्द्र राम चौधरीले बताउनु भयो । कार्यक्रममा माइती नेपालका कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव , पत्रकार, समाजसेवी, जनप्रतिनिधि, कर्मचारी लगायत अन्यको उपस्थित रहेको थियोl कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१