ताजा समाचार

मुल्यांकनकर्ता ईन्जिनियर चौरासियाको रिहाईको माग राख्दै लहानमा धर्ना

  • मंसिर ६, २०७८
  • १४९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान , ६ मंसिर । सिरहाको लहानमा रहेको कुमारी बैंक अगाडी आईतवार नेपाल भ्यालुयर्स एसोसिएसनमा आबद्ध दर्जनौ प्रतिनिधिहरुले विरोध प्रदर्शन गरेको छ । बैंकको गलत नियतले मूल्याङ्कनकर्ता इन्जिनियर राजेश कुमार चौरासियालाई गत कार्तिक २२ गते थुनामा राखेकोले उनको रिहाईको माग गर्दै सिरहाका मूल्याङ्कनकार्यमा संलग्न व्यक्तिहरूको उपस्थितिमा चर्को विरोध कार्यक्रम गरिएको क्रेटिभ आर के स्टक्चर डिजाईन कन्सलट्यान्सी लहानका संचालक शिवशंकर महतोले बताएका छन् । बैंकले उपलब्ध गराएको कागजपत्रको आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैंकले ऋणिलाई कर्जा उपलब्ध गराएकोमा यतिबेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता नभएको सन्दर्भमा उक्त रकम मूल्याङ्कनकर्ता ईन्जिनियरबाट परिपुर्ति गर्ने विषयलाई विरोधस्वरूप आज विरोध कार्यक्रमको आयोजना गरिएको एशोसिएशनले जनाएको छ । ईलाका प्रहारी कार्यालय लहान नजिक रहेको कुमारी बैंकको अगाडी उनिहरुले धर्ना दिएका थिए ।

एसोसिएसनले विभिन्न मागहरू सहित ईन्जिनिर राजेश कुमार चौरसीयालाई निर्शत रिहाईको माग गर्दै विभिन्न चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै आइरहेको छ । एसोसिएशनले चौरासियालाई निशर्त रिहाई नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ । बैंकमा रहेका माफियाहरुले गलत काम गरेका कारण चौरासिया पक्राउ परेको भन्दै बिना शर्त रिहा गनुपर्ने धमिनिमाई ईन्जिनियरिङ्ग कन्सलट्यान्सी गोलवजार सिरहाका प्रोपराईटर अनिलकुमार साहको भनाई छ । बैंकले दिएको कागजको आधारमा हामी मुल्यांकन गर्छै , यो सब बैंकको सेट्टीङ्ग हो, फर्जी लालपुर्जा बनाएर बैंकले चौरासिया लाई मुल्यांकन गर्न दिएको बताए । धर्ना आन्दोलन कार्यक्रममा सिरहाका दर्जनौ मुल्यांकनकर्ता लगायत विभिन्न कन्सल्ट्यान्सीका संचालकहरुको उपस्थिति रहेको थियो । चौरसीयालाई गत कात्तिक २२ मा अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले चौरासियालाई रिहाई नगरेको खण्डमा मंसिर ८ गते विहान ११ बजे एनएमबि बैंकको अगाडि कडा रुपमा धर्ना तथा विरोधको कार्यक्रम गरिने नेपाल भ्यालुयर्स एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤