माओवादी केन्द्रको पक्षमा कृष्णनगरका मधेशी जनता भव्य वडा सम्मेलन

  • मंसिर ५, २०७८
  • ७४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कृष्णनगर नेकपा माओवादी केन्द्रले मंसिर ४ गते शनिवार नेपाल भर नै वडा सम्मेलन गरेको छ। कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणमा पर्ने कृष्णानगर नगरपालिका को वडा सम्मेलनमा माओवादी केन्द्रको जनलहर देखिएको छ। कृष्णानगर नगरपालिका मधेशी बहुल्य क्षेत्र भएता पनि कृष्णानगरमा माओवादी केन्द्र पहिलो शक्तिशाली पार्टीको रुपमा उभारिएको छ। नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश समिती सचिवालय सदस्य रुद्र लाला बन्जाडे कपिलवस्तु जिल्ला समितीका सल्लाहकार थानेश्वर खनाल नगर अध्यक्ष जावेद आलम खां इन्चार्ज केशर ओलीको प्रमुख अतिथ्यता विशेष अतिथी तथा निर्वाचन प्रमुखहरुको उपस्थितीमा कृष्णानगर नपाका आठ वटा वडा सम्मेलन सम्पन्न भयेको छ। वडा सम्मेलन गर्नाको लागि केन्द्र ले दिएको निर्देशकों पुर्ण पालना गर्दै हामीले पनि कृष्णानगरको आठ वटा वडा सम्मेलन भव्य रुपमा सम्पन्न गरेको सचिवालय सदस्य बन्जाडेले बताउनु भयो।

समाजवादको यात्रा पुरा गर्न जनताको तह देखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका नयां क्रान्तिकारी विचार र नया क्रान्तिकारी पार्टी निर्माण गरौ भन्नै नारा समेत तय गरेको छ। र आगामी चुनावमा कृष्णानगरमा नेकपा माओवादी केन्द्रले आफ्नो वर्चश्व देखाउने बताउनु आफुहरुको पक्षमा मधेशी जनताको अपार माया रहेको भन्दै सच्चा कम्युनिस्ट पार्टी माओवादी केन्द्र नै भयेकाले सबैलाई गोलबन्ध भयेर लाग्ने आग्रह सचिवालय सदस्य रुद्रलाल बन्जाडेले गरेका छन। उक्त कार्यक्रममा प्रवक्ता नेपालीले माओवादी केन्द्रले मधेशकाे चाैतर्फी क्षेत्रमा विकास गर्न चाहेकाे बताउँदै केही अवसरवादी र पुँजीवादीकाे नेतृत्वले गर्दा मधेशमा विकासले फड्को मार्न नसकेकाे दाबी गर्नुभयो । कृष्णनगर नगरपालिका भित्रा माओवादी केन्द्र ले ३ वटा वडामा जीत हासिल गरेको थियो ति वडाहरुराई अवसरवादी हरुसंग बचाएर जनताले माओवादी केन्द्र लाई दिएको थियो र आज सब भन्दा बढ़ी बिकास ति ३ वडाहरुमा मात्रै भयेको छ।

केही नेताले मधेशकाे विकास गर्ने भन्दै झुठो आश्वासन बाँड्दै, जनतालाई झुक्याएर मत लिई विजयपश्चात विकासकाे नाममा सिन्काे नभाँचेकाे बताउदै वडा सम्मेलन भव्य र सफल बनाउनको लागि आउनु भक्तों सबै कामरेडहरु लाई हृदय देखि धन्यवाद व्यक्त नेपाली ले गरेका थिए। कृष्णनगर नगर अध्यक्ष जावेद आलम खां इन्चार्ज केशर ओली सचिव गणेश प्रसाद बन्जाडे प्रवक्ता मौलाना मशहुद ख़ां नेपाली लगायतहरुको प्रयास तथा मेहनतले कपिलवस्तु जिल्ला टाप हान्दै १५२८ संगठित सदस्यता नवीकरण गरि शनिवार वडा सम्मेलन सम्पन्न ग्रेटा छन।

इन्चार्ज केशर ओली को अनुसार माओवादी केन्द्रले सदस्य नवीकरण वडा सम्मेलन देखि केन्द्रीय अधिवेशन सम्माको लागि तैयार गरेको नया निती नियम तथा अनलाईन‌ नवीकरण प्रणाली प्रशंसनीय रहेको छ। तर कृष्णानगरमा प्राविधीक समस्या र हामी संग कम समय रहेको कारणले हामीले सोचेको जति सदस्यता नवीकरण हुनसकेको छैन। कृष्णनगरमा हजार भन्दा बढ़ी सदस्य ल्याउने तैयारी रहेको थियो। अहिले पनि सात सय बन्दा बढ़ी सदस्यहरुको आवेदन फार्म आनलाईन गर्ना छुटेको बताउदै वडा सम्मेलन भव्य सभ्यरुपमा सफल गर्नाको लागि खटेका नेता कार्यकर्ता भोलेन्टीयर तथा शुभ चिन्तकहरु लाई हृदय देखि धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१