गुल्मी । गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका - ३ थोर्गा स्थायी घर भएका दलबिर सोमै मगरका छोरा बर्ष ३२ का कमल सोमै मगरलाई बचाई दिन परिवारजनले सहयोगको अपिल गरेका छन । सोमै मगर बिगत तीन बर्षदेखी मृगौलामा समस्या देखिएपछि उपचार गराउदै आईरहेको छ । अहिले दुबै मृगौला फेल भएकोले उनको बुटवलस्थित गाैतम बुद्ध मुटु अस्पतालमा डाइलोसिस गर्दै उपचारको गराईरहेको छ । अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार उनको मृगौलाको प्रत्यारोपण गर्नुपर्ने भएकोले, घरको आर्थिक अवस्था कम्जोर रहेकोले मृगौला प्रत्यारोपणको लागि आबश्यक पर्ने रकम जुटाउन सरकारी, गैरसरकारी संघसंस्था, संचारकर्मी, स्वदेश तथा बिदेशमा रहनुहुने नेपाली सहयोगी मन भएका बुबाआमा, दाजुभाई तथा दिदिबहिनीहरुमा विनम्रताको साथ आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्नुभएको छ । सेवा नै थर्म हो भन्ने चरितार्थलाई मनन गरि उनको जीवन बचाउन देश बिदेशमा रहेर सामाजिक कार्य गर्दै आउनुभएका अभियान्तहरुलाई समेत सहयोग जुटाई दिन अपिल गर्नुभएको छ । अझै यतार्थ बुझ्न उनको परिवारलाई तल उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
सहयोगको लागि सम्पर्क नम्बर र बैक खाता नम्बर निम्नअनुसार रहेको छ ।
मोबाइल नम्बर, 9840965404/9749714629
बैक खाता नम्बर : 01200700461714000001 कमल सोमै
shine resunga development Bank baletaksar branch gulmi.
प्रतिक्रिया दिनुहोस
बलान बिहुल गाउँपालिकामा चारदिने अनुगमन तथा मूल्याङ्कन अन्तरक्रिया सम्पन्न, सुशासन र प्रभावकारी सेवा प्रवाहमा जोड
भगवानपुर गाउँपालिकामा बर्डफ्लु तथा महामारीजन्य पशुरोग नियन्त्रण सम्बन्धी तीनदिने जनचेतना कार्यक्रम सम्पन्न
अतिविपन्न महिलालाई व्यवसाय विस्तारका लागि सिलाई सामग्री हस्तान्तरण, आत्मनिर्भर बनाउने भगवानपुर गाउँपालिकाको पहल
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic