आगलागीमा १२ लाखबढीको सरसमान नष्ट

  • कार्तिक २०, २०७८
  • १११७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २० कात्तिक । सिरहाको लहान १ स्थित एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । लहानको मिलन चौक नजिकै रहेको सत्यनारायण गुप्ताको घरमा कात्तिक १७ गते दिउँसो ३ बजेतीर ग्यास लिक भएर आगलागी भएको हो । आगलागी हुँदा घरमा रहेको ३ तौला सुन, १ लाख ५० हजार नगद, खरिदविक्रीको लागि ल्याएको १ लाख ५० हजार बराबरको नयाँ कपडा,बोक्स पँलग, खाट, लताकपडा, अनाज, भडावर्तन गरी १२ लाखबढीको सरसमान जलेर नष्ट भएको छ । आगलागीमा पुरै घर जलेर नष्ट भएको छ भने पाँच जनाको परिवार रहेका उनीहरु छरछिमेकीमा खाने बस्ने सुत्ने गरेको छ । खाने बस्ने अवस्था नरहेकोले उनीहरुलाई तत्काल राहतको आवश्यकता रहेको स्थानीय नविन गोसाईले बताए ।

प्रतिक्रिया दिनुहोस

व्यवस्थापन समितिको व ...

रहमुल, लहान ५ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ मा रहेको श्री म. ज. मा. वि. सोठिआइनको व्यव ...

लहानका कृषक यादवको प ...

मनोज बनैता लहान, पुष ५ । लहान नगरपालिका–२० ब्रमाहन गोर्छारीका ४० वर्षीय रुपेश यादवले परम्परागत ...

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१