Siraha Times
ताजा समाचार

मोडेल महेश सेन्चुरीको नयाँ भिडियो बजारमा , युट्युवमा भ्युज र ससक्राईब बढदै

  • असोज ३, २०७८
  • १९१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , ३ असोज । मैथिली , नेपाली , हिन्दी लगायतका स्थानीय भाषाका गितहरुमा प्रमुख पात्रको भुमिका निर्वाह गरिसकेका चर्चित पात्र ( मोडेल) महेश सेन्चुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । `चाईट्लिय ओ हमर राजा ´ नामक भिडियो बजारमा आएका छन् । मैथिली भाषाका परिचित गायक सरोज सन्त , चन्द्र नारायण सिंह ( दनुवार ) , गायिका मुनचुन देवको स्वरमा सजिएको उक्त गित सार्वजनिक भएको हो । लहान रेकर्डिङ्ग स्टुडियोले म्युजिक दिईएको उक्त गित युवट्युब च्यानलमा चर्चा पाएको छ । सो मैथिली टप आईट्म संङ्गको गितमा कलाकार महेश सेन्चुरी , प्रीती पासवान , चन्द्रनारायण सिंह (दनुवार) , रमेश विश्वकर्मा , कपिल दयाली लगायतका कलाकारले भुमिका निर्वाह गरेका छन् । सिरहाको लहान नगरपालिका वडा नम्बर - १५ घर भई हाल लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर - ४ पत्तारी बजारमा सुन चान्दी व्यबसाय गर्दै आईरहेको सेन्चुरीले मैथिली गित `टुकुर टुकुर देखैची किया´, `हमर दिल मे यहाँ , यहाँ के दिलमे हम ´ लगायतका दर्जनौ म्युजिक भिडियो र सर्ट मुभी सिरियलहरुमा मुख्य पात्रको रुपमा भुमिका निर्वाह गरेर चर्चामा आएका छन् । सेन्चुरी दिन दुखिको सेवा गर्न समाजसेवामा पनि सक्रिय ब्यक्ति भएको बुझिएको छ ।

पुरा गीत हेर्नको लागी यो  लिंक खोली हेर्नू होला ।

https://youtube.com/watch?v=1n9LltDEgbc&feature=share 

 

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१