भारत नेपालकाे असल छिमेकी ,विपतमा सदैेव सहयोग गर्दै आएकाे : पुर्वमन्त्री शुक्ला

  • असोज २, २०७८
  • ४८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लुम्बिनी । नेपाल-भारत महिला मैत्री समाजले आज प्रदेशकाे दुई जिल्लाका बाढ पिडितलाई राहत सामग्री वितरण गरेकाे छ । भारत सरकारकाे सहयाेगमा उपलब्ध भएकाे त्रिपाल , अस्थायी टेन्ट, म्याट लगायतका राहत सामग्री रुपन्देही र नवलपरासी पश्चिमका बाढी प्रभावित क्षेत्रमा वितरण गरिएकाे हाे । नेपाल-भारत महिला मैत्री समाजलाई भारतीय दुतावासले कुल ८ कराेड बराबरकाे राहत सामग्री हस्तान्तरण गरेकाे मध्ये प्रदेश २ काे ८ जिल्ला र लुम्बिनी प्रदेशकाे दुई जिल्ला गरि कुल १० जिल्लाका बाढ प्रभावित तथा घर विहिनलाई सामग्री वितरण गरिएकाे संयाेजक एवं सांसद चन्दा चाैधरीले बताइन । रुपन्देहीकाे समरीमाइ गाउंपालिकामा आयाेजित वितरण कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले भारत हाम्राे असल छिमेकी रहेकाेले सबैभन्दा पहिला आफ्नाे छिमेकीकाे पीडा बुझेर विपदका बेला निरन्तर सहयाेग गर्दै आएकाे सर्वविद्धतै रहेकाे बताउंदै नदीकाे बाढले पिडित मधेशी जनताकाे मर्म सरकारले अहिलेसम्म नबुझेकाे अराेप लगाउनुभयाे । कार्यक्रममा बाढी पिडितहरु स्थानीय तह र केही संघसंस्थाहरुले सहयाेग गरेपनि सरकारपक्षबाट कुनै पहल नभएकाे वक्ताहरूले गुनासाे गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१