ताजा समाचार

धनुषामा पोखरीमा डुबेर एकैपटक पाँचजना बालिकाको मृत्यु

  • जेठ २८, २०७८
  • १२३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर एकैपटक पाँचजना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक एवमं प्रवक्त मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो । दिउँसो १२ बजेको समयमा घर नजिककौ नुहाउन गएको बेला उनीहरुको डुबेर मृत्यु भएको हो । 

मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤