सिराहा , लहान , जेठ २२ ।देशमा राजनीतिक अस्थिरता र कोरोना संक्रमण बढिरहेको अवस्थामा मानवीय साधनले काम गर्न नसकेपछि र विज्ञानका आविस्कारहरु असफल बन्दै गरेको बर्तमान समयमा आधुनिकताले धार्मिक सांस्कृतिक बिश्वास कम भइरहेको बखत अाम मानिसमा धार्मिक आस्था बढ्न थालेको छ । देशमा पछिल्लो समयमा कोरोना बाट मानिसको मृत्यु बढ्न थालेपछि मानिसहरू टोल छिमेकलाई कोरोना बात बचाउन पूजापाठ गर्न थालेका छन् । ठाउँ अनुशार फरक फरक किसिमले पुजा गरिने चलन भएकोले कहीं भगवती देवीको नाममा पुजा गरिएको छ भने कतै गाउँको रक्षक डीहिबारको पुजा गरिने चलन रहेको छ ।
गाउँको खोला किनारमा गाउँका सबै भेला भएर मनाइने कोरोना भगाऔ पूजा अन्तर्गत सिराहा जिल्लाको उत्तरी भेगमा पर्ने बिजुली बत्ति ,सञ्चार ,सडक यातायात लगायतको पहुँचबाट टाढा रहेको धनगढीमाई 14 हाथिढुङ्गा बस्तीमा स्थानियको अगुवाइमा आज कोरोना बाट बच्न संसारी भगवतीको पूजा गरिएको हो । स्थानिय झाँक्री डाँडामा गरिएको पूजामा दुईटा पाठी ,एक भाले खुकुरा ,दुई परेवा लगायत पान फूल नैवेद्य चढाएर पूजा गरिएको स्थानिय बुद्धिजीवी कुलबहादुर कार्कीले जानकारी दिनुभयो । पूजामा हामी गाउँलेको सहयोग रहेको र यसले आम हाथी ढुङ्गा वासीको रक्षा गर्ने स्थानिय उदयबहादुर कार्कीले जानकारी गराउनु भएको छ । संसारी देवीले कोरोना बाट बचाउने भएकोले विश्वास र आस्थाका साथ पूजा अग्लो डाँडामा गरिएको समाजसेवी अर्जुन बुढाथोकीले बताएका छन ।
बिहान करिब ९ बजे आयोजित उक्त पूजामा स्थानिय सबैको सहभागीता रहेको स्थानिय महिला नेत्री लक्ष्मी रसाइलीले जानकारी दिनुभयो । पूजा समाप्त गरी बलि दिएका पाठी ,कुखुरा ,परेवा लाई एक ठाउँमा जम्मा गरी प्रसादको रूपमा सबै गाउँलेले मिलेर ग्रहण गरेको युवा गणेश कार्कीले जानकारी गराउनु भएको छ । समाजमा यसरी धार्मिक सांस्कृतिक बिश्वास बढेकोमा स्थानिय हर्षित भएको शिक्षक योग बहादुर राउतले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved