Siraha Times
ताजा समाचार

चर्चित धाम कोरोनाबाट प्रभावित

  • जेठ १२, २०७८
  • १०४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार जेठ १२ बुधबार सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साविक गाउँविकास समिति ढोढना वीरनगर तथा हाल लहान नगरपालिका वडा नं १५ मा रहेको राजदेवी पञ्चावती भगवती मन्दिर राष्ट्रको आस्थाको धरोहर स्थलको रूपमा परिचित छ । यस मन्दिरमा भाकल गरेमा सन्तान प्राप्ति हुनुका साथै आफूले चिताएको काम पूरा हुने जनविश्वास रहेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह पदबाट मुक्त भएपछी यस राजदेवी मन्दिरमा पूजा गर्नुभएको थियो ।

Open Photo

प्रत्येक वर्ष बुद्ध पूर्णिमाका दिन ठूलो भीडका बीच मेला लाग्ने यस ठाउँमा जिल्लाका सबै क्षेत्रका अाम मानिस लगायत देश र छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँबाट मेला भर्न आउने गरेको विगतको इतिहासबाट जानकारी पाइन्छ । यस मन्दिरमा अन्य समयमा आएर भाकल गर्नेको संख्या दिनानुदिन बढ्दो छ । मात्र बुद्ध जयन्ती को दिनमा भाकल दिइने यस मन्दिरमा कबोल गरेको समयमा भाकल पूरा नगरे बर्सेनि थपेर दिनुपर्ने जनविश्वास रहेको छ । यस ठाउँमा बुद्ध जयन्तीको दिनमा बोका , हास,परेवा, कुखुरा, लड्डु , परसाद लगायतको पूजा अत्यान्त निष्ठाका साथ सम्पन्न गरिन्छ । आम मानिसहरूको ठुलो भीड लाग्ने यस मन्दिरमा प्रत्येक वर्ष सुरक्षाकर्मी परिचालन गरी मन्दिर परिसरमा सुरुक्षा व्यवस्था मिलाउने गरिन्छ ।हजारौंको संख्यामा बलि प्रदान गरिने चलन रहेको यस मन्दिरमा यसपटक पुजा आराधना समितिबाट बिहान ९ बजेको समय मिलान गरिएको हो । लक डाउनको बेलामा dccmc सिराहाको निर्णयनुसार बाहिरी श्रद्धालुहरुलाई मन्दिर परिसरभन्दा ५०० मीटर टाढा राख्न निर्देशन जारी अनुसार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा पनि यस मन्दिरमा बली प्रथा भने रोकिएको छैन बरु मन्दिर लगायत मन्दिर क्षेत्रमा रहेका खाली खेतमा पूजा आजा गरी अाम मानिसले राजदेवी काे पूजा गरिएको हो । प्रतिकूल मौसम र अवस्थाका कारण राती ३ बजेदेखि मानिसहरू पूजाको लागि मन्दिरमा पूजा मा सामेल भएको स्थानियको भनाई रहेको छ । स्मरण रहोस् एकातिर शान्तिका अग्रदूत गौतम ऋषि को जन्म उत्सव मनाइन्छ भने पूर्वी नेपालको सिरहामा बलि प्रदान गर्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१