पश्चिम नवलपरासीमा ३९ जना कोरोना संक्रमित थपिए

  • जेठ १०, २०७८
  • ५९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उर्मिला यादव यात्री जेठ १० पश्चिम नवलपरासीमा सोमबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २७ र एन्टिजेनबाट १२ जना गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, ६सय ४२ पुगेको छ । आज सोमबार सबै भन्दा बढी बर्दघाट नगरपालिकामा ९ जना महिला र ५ जना पुरुष गरी १४जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी सुनवल नगरपालिकामा १२ जना, रामग्राम नगरपालिकामा ५ , सरावल गाउपालिकामा २ जना, र सुस्ता गाउपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ भने प्रतापपुर गाउपालिकामा र पाल्हिनन्दन गाउपालिकामा सोमबार कोरोना संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी सोमबार ४० जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार एक सय ४६ पुगेको छ । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ७७ रहेको छ । सोमबार कोरोना संक्रमणबाट जिल्लामा ४ जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

व्यवस्थापन समितिको व ...

रहमुल, लहान ५ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ मा रहेको श्री म. ज. मा. वि. सोठिआइनको व्यव ...

लहानका कृषक यादवको प ...

मनोज बनैता लहान, पुष ५ । लहान नगरपालिका–२० ब्रमाहन गोर्छारीका ४० वर्षीय रुपेश यादवले परम्परागत ...

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१