पश्चिम नवलपरासीमा ९८ जनामा कोरोना संक्रमण पुष्टी, ५५ जना निको भए

  • जेठ ४, २०७८
  • ११२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उर्मिला यादव यात्री जेठ ४ पश्चिम नवलपरासीमा आज मंगलबार ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५५ र एन्टिजेनबाट ४३ जना गरी ९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, २ सय २३ पुगेको छ । आज सबै भन्दा बढी सुनवल नगरपालिकामा २६ जना महिला र २० जना पुरुष गरी ४६जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा २५ जना, रामग्राम नगरपालिकामा २० जना, सरावल गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा २ जना, र सुस्ता गाउपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ भने पाल्हिनन्दन गाउपालिकामा आज संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी आज कोरोनाबाट ५५ जना निको भएका छन भने जिल्लामा कुल १हजार ७ सय ६३ जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ६३ रहेको छ । आज कोरोना संक्रमणबाट रामग्राम नगरपालिका वडा नम्बर तीनकी ६५ बर्षिय एक महिलाको होमआइसोलेसनमा मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

उत्तर प्रसूति घरभेट ...

रहमुल, लहान २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन ग ...

गहुँमा घाटा, किसान स ...

रहमुल, लहान २३ चैत । सिरहा र सप्तरी जिल्लाका किसानहरू यस वर्ष गहुँ खेतीमा भारी घाटा व्यहोर्न बाध्य भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१