पश्चिम नवलपरासीमा ९८ जनामा कोरोना संक्रमण पुष्टी, ५५ जना निको भए

  • जेठ ४, २०७८
  • १०८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उर्मिला यादव यात्री जेठ ४ पश्चिम नवलपरासीमा आज मंगलबार ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५५ र एन्टिजेनबाट ४३ जना गरी ९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, २ सय २३ पुगेको छ । आज सबै भन्दा बढी सुनवल नगरपालिकामा २६ जना महिला र २० जना पुरुष गरी ४६जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा २५ जना, रामग्राम नगरपालिकामा २० जना, सरावल गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा २ जना, र सुस्ता गाउपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ भने पाल्हिनन्दन गाउपालिकामा आज संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी आज कोरोनाबाट ५५ जना निको भएका छन भने जिल्लामा कुल १हजार ७ सय ६३ जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ६३ रहेको छ । आज कोरोना संक्रमणबाट रामग्राम नगरपालिका वडा नम्बर तीनकी ६५ बर्षिय एक महिलाको होमआइसोलेसनमा मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

व्यवस्थापन समितिको व ...

रहमुल, लहान ५ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ मा रहेको श्री म. ज. मा. वि. सोठिआइनको व्यव ...

लहानका कृषक यादवको प ...

मनोज बनैता लहान, पुष ५ । लहान नगरपालिका–२० ब्रमाहन गोर्छारीका ४० वर्षीय रुपेश यादवले परम्परागत ...

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१