काठमाडौं उपत्यकामा एकैदिन ६८ सङ्क्रमितको मृत्यु

  • जेठ १, २०७८
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, जेठ १ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ६८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६८ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरि चौबीस घण्टामा १८७ सङ्क्रमितको मृत्यु भएको छ । कोभिड १९ सम्बन्धी दैनिक विवरणमा मन्त्रालयले उल्लेख गरे बमोजिम काठमाडौंमा चौबीस घण्टामा ४६, ललितपुरमा १४ र भक्तपुरमा आठ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । काठमाडौंमा कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार १०१, ललितपुरमा २९७ र भक्तपुरमा २१७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ९३७ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा दुई हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । देशैभरि पछिल्लो चौबीस घण्टामा आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । मन्त्रालयले जनाए अनुसार काठमाडौंमा हाल ३० हजार १२४ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा सात हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय सङ्क्रमित छन् । काठमाडौं जिल्लामा पछिल्लो चौबीस घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ ।

काठमाडौंमा शुक्रबारसम्म सक्रिय सङ्क्रमित ३० हजार ४५२  थिए । काठमाडौंमा हालसम्म एक लाख ६१ ह्जार १३७ जना सङ्क्रमितको पुष्टि भएकोमा एक लाख २९ हजार ९१२ जना कोरोनामुक्त भएका छन् । ललितपुरमा हालसम्म २७ हजार ३२७ जना सङ्क्रमित भएकोमा १९ हजार ९२९ जना निको भएको र भक्तपुरमा १६ हजार २५० जना सङ्क्रमित भएकोमा ११ हजार ३३ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

पालिकाको बेतिथी र भ् ...

रहमुल सिरहा ४ साउन । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका को बेतिथी र भ्रष्टाचार विरुद्ध नेकपा एमाले ल ...

ग्यास सिलिन्डर विस्फ ...

लहान ४ साउन । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका १, जनका चौकमा शनिवार बिहान अचानक भएको आगलागिमा ग्या ...

मधेश प्रदेशका डिआईजी ...

रंजित चौरसिया,वीरगंज ४ साउन। नेपाल प्रहरी मधेश प्रदेश कार्यालयको नाममा प्रहरी बरिष्ठ हवलदार महिन्द्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१