विसुन देव सरदार लहान / वैशाख ३० । विश्व महामारी फैलिने क्रममा आज आक्रान्त मानव समाज त्राही त्राही माम भएको चिन्तित र दुःखद घडीमा अस्पतालका बेडहरु कुनै खाली छैनन् । विश्वमा आफूलाई ठूला राष्ट्र भनाउदा देशहरू अमेरिका ,ब्राजिल, जर्मनी,भारत लगायतका देशहरूमा कोरोना संक्रमण बढिरहेको अवस्थामा आम मानिस छट्पटिएर निसासिएर मृत्युवरण गरिरहेको वर्तमान घडीमा मानिस सबै बराबर हुन सबैको ज्यान एउटै हो धनी गरीब सबै बराबर हुन भन्ने कुरा यतिबेला ताजा छन् । विश्व हलिरहेको र अाम मानविय जीवनलाई सानो भाइरसले तहस नहस बनाइरहेको अवस्थामा आर्थिक अवस्था नाजुक बन्नु नौलो विषय होइन । अस्पतालका बेडहरु भरिरहेको र अक्सिजनको माग बढिरहेको अवस्थामा केयौले अनाहकमा ज्यान गुमाएका तीतो यतार्थ हामीसँग छ । हाम्रो नेपाल जस्तो अल्पविकसित मुलुकमा आधुनिक उपचार विधि नभएतापनि सामान्य साधनको व्यवस्था सरकारले गर्नुपर्ने हो तर सदनमा ठूलो कुरा गर्ने राजनेताहरुले यो दृश्यलाई नियालेर हेर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । दाङको लमहीमा एक अस्पताल जहाँ कोरोना पीडित बिरामी लाई पलास्तिक्को सहारामा स्वास्थ्यकर्मीले उपचार गरिरहेको दृश्यले स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved