जोखिममा स्वास्थ्यकर्मी

  • वैशाख ३०, २०७८
  • ९७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान / वैशाख ३० ।  विश्व महामारी फैलिने क्रममा आज आक्रान्त मानव समाज त्राही त्राही माम भएको चिन्तित र दुःखद घडीमा अस्पतालका बेडहरु कुनै खाली छैनन् । विश्वमा आफूलाई ठूला राष्ट्र भनाउदा देशहरू अमेरिका ,ब्राजिल, जर्मनी,भारत लगायतका देशहरूमा कोरोना संक्रमण बढिरहेको अवस्थामा आम मानिस छट्पटिएर निसासिएर मृत्युवरण गरिरहेको वर्तमान घडीमा मानिस सबै बराबर हुन सबैको ज्यान एउटै हो धनी गरीब सबै बराबर हुन भन्ने कुरा यतिबेला ताजा छन् । विश्व हलिरहेको र अाम मानविय जीवनलाई सानो भाइरसले तहस नहस बनाइरहेको अवस्थामा आर्थिक अवस्था नाजुक बन्नु नौलो विषय होइन । अस्पतालका बेडहरु भरिरहेको र अक्सिजनको माग बढिरहेको अवस्थामा केयौले अनाहकमा ज्यान गुमाएका तीतो यतार्थ हामीसँग छ । हाम्रो नेपाल जस्तो अल्पविकसित मुलुकमा आधुनिक उपचार विधि नभएतापनि सामान्य साधनको व्यवस्था सरकारले गर्नुपर्ने हो तर सदनमा ठूलो कुरा गर्ने राजनेताहरुले यो दृश्यलाई नियालेर हेर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । दाङको लमहीमा एक अस्पताल जहाँ कोरोना पीडित बिरामी लाई पलास्तिक्को सहारामा स्वास्थ्यकर्मीले उपचार गरिरहेको दृश्यले स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

अल्ट्रा अभियानका नटव ...

रंजित चौरसिया,वीरगंज २९ साउन । अल्ट्रा अभियान डिजिटल वल्र्ड प्रा.लि.का सञ्चालक नटवरलाल दिपेश वर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१