बिश्व महामारीको समयमा प्राकृतिक सङ्कट

  • वैशाख २९, २०७८
  • १०८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार बैशाख २९ । बिश्व महामारीको समयमा प्राकृतिक सङ्कट देखा परेका छन् । सदा अबेला वर्षा शुरू हुने हाम्रो देशमा एकातिर कोरोना संक्रमण बढिरहेको अवस्था अर्कोतिर राज नेताहरुले आम जनताको घरमा चुलोमा आगो कसरी बल्छ त्यतातिर ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा सरकार बनाउने र ढाल्ने खेलको अन्धभक्त भएको वर्तमान समयमा दिउँसै रात परेको झै दृश्य देखा पर्नु शुभ संकेत पक्कै पनि होइन ।

आम जनताको रोजगारी गुमेको छ ,बाहिर गए प्रहरीको लाठी , लाठी बाट उम्केर भाग्दा प्राकृतिक विपति । कस्तो समयको आगमन भएको छ , जहाँ आम मानिसलाई सामान्य जीवन जिउनबाट विषम परिस्थितिको सिर्जना भएको हाम्रो समाजमा जताततै बलत्कार ,हिंशा ,मृत्यु अनि चोरी डकैती । आक्रान्त बन्दै गएको हाम्रो देशमा सत्य मार्गको बाटो रोज्नु अनि हिंसात्मक मनस्थितिलाई त्याग गर्नु आजको आवश्यकता हो । यसो विचार गर्दा शान्ति कहाँ छ ? घर आँगनमा विवाद ,समाजमा विवाद, राष्ट्रमा विवाद, साथी भाई बीचमा विवाद । सामान्य कुरामा भागबन्डा खोज्ने अनि पैसाको पछि कुद्ने हाम्रो समाजमा अरूको कुभलो ,निन्दा , निर्दयी जस्ता भावनाको त्यागको गर्दा र समाजमा सकारात्मक विचार ल्याएको खण्डमा समाज कल्याण र प्राकृतिक विपत्तिबाट जोगिने उपाय भएकोले हाँसेर बोलौ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

वित्तीय शोषण विरुद्ध ...

ओम प्रकाश यादव लहान २८ चैत । “सम्पूर्ण वित्तीय मजदुर एक होऔँ ! वित्तीय शोषण तथा उत्पीडन विरुद् ...

सुरुङ्गा नगरपालिका-५ ...

रहमुल लहान २६ चैत । सुरुङ्गा नगरपालिका -५ लाई “बालमैत्री स्थानीय शासन वडा” घोष ...

लहान १२ भोटियाटोलमा ...

ओम प्रकाश यादव लहान २६ चैत । सिरहा जिल्लाको लहान नगरपालिका १२ अन्तर्गत भोटियाटोलको सदाय बस्तीमा सोमब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१