लहान । सिरहा को लहान मा रहेको यातायात कार्यालय लहान भ्रष्टाचार को अडा बनेको छ।
विभिन्न काम को दर रेट तोकिएर काम गर्ने गर्छन हाकिम हरु । कमिसन को भर मा न हुने काम पनि यातायात का हाकीम हरुले गर्ने गर्छन भने स्थानीय को भनाइ छन। चार चक्का को ट्राइल मा जम्मा लगभग २५० परिक्षर्थि ट्राइल दिन्छ्न तर त्यो २५० परिक्षार्थि मधे धेरै मा ३० जन्ना ट्राइल सेन्टर मा पास गर्ने गर्छन होला तर पास लिस्ट र रिजल्ट आउदा कमिति मा २०० परिक्षार्थि पास भएका हुन्छन कसरी पास हुन्छन होला तपाई हरु पनि अनुमान गर्न सकिन्छ एतिकै हैन सिरहा लहानको एउटा यस्तो सरकारी कार्यालय छ ।
जहाँ मासिक करोडौ घुस लेनदेन हुन्छ, हुनपनि हो । जहाँ करोडौ घुस लेनदेन हुन्छ त्यहा मौन हुनु स्वभाविकनै हो । किन भन्दा त्यो कार्यालयमा शब्द बाटै सबै काम हुन्छ जस्तै भित्रैको कुनै कामले जानुस बिना लाइनमा बसेर अगारी कसैको काम हुदैन तर भित्र जसले सेटिङ्ग गरेको हुन्छ तेसको काम चाहिँ आगाडी हुन्छ । तर लाइनमा बसेका जन्ता हरु चाहे जस्तो सुकै घाम किन न होस जे गरे पनि हुदैन । बैशाख १० गते को चार चक्का गाडीको टराईलमा जम्मा सहभागी २८४ रहेको थियो तर पास त्यहाँ जम्मा २५ जना पनि भएन तर पास लिस्ट आउदा हेर्नु होला कति पास भएका हुन्छन् जुन मान्छेले ओफिस को रेट दिएका छन सबै पास हुन्छ ।
सनिवार १८ गते ट्राइल सेन्टर मा धेरै मा २० जन्ना परिक्षार्थि पास भएको होला स्थानीय को अनुसार तर पास लिस्ट आउदा कति परिक्षार्थि हुन्छ त्यो पास लिस्ट आउदा नै थाहा हुने छ।ओफिस को रेट १५००० हजार तिर्नु पर्छ । यो कहाँ र कुन सरकारी कार्यालय को नियम हो। चैत्र १४ गतेको लाइटको ट्राइल् मा ११७८ परिक्षार्थी मध्य १०० परिक्षार्थी पनि पास भएको छैन तर रिजल्ट मा फेल भएका परिक्षार्थी पनि पास लिस्ट मा नाम आएका छन । त्यसैगरी ट्राइलको कुरा गरुम ट्राइमा पनि जस्ले पहिलो पैसा को सेटिङ्ग गरेको हुन्छ तेसको मान्छे डाइरेक्ट तेहि बाट पास हुन्छ ।
जस्ले सेटिङ्ग गरेका छैन तेसको एक दुई र तीन ट्राइलमा पनि हुदैन तेस्तै लाइसेन्सको काममा लिस्ट अनुसारले नै काम गरिन्छ जस्ले लिस्टमा थपेर दिदैन तेसको काम कुनै हालतमा पनि हुदैन । यो सबै लगायत भित्र अनलाइन नभए पनि अफलाइन पनि हुन्छ अफलाईन गरेको एक ब्याक्ती बाट एक हजार लिन्छ मानौ एक दिन मा कम्तीमा २५ जना को अफलाईन हुन्छ २५ हजार भयो यो काम करार को कर्मचारी मनोज कुमार साह ले गर्छ साह को तलब मात्र आठ हजार छन । दुई बर्षा मा एक करोड पचास लाख को सम्पती बनाएको छन। यो सम्पती कहाँबाट आयो? छान बिन हुनुपर्छ ।
त्यस्तै सुब्बा पंकज झाह ले दुई बर्षा मा तीन करोड को सम्पत्ति बनाएको छ यो हालै लहान नगरपालिका वडा नं १ मा ९ .१० धुर जग्गा लिएको छ कहाँ बाट यति धेरै सम्पती आउछ ? छानबिन हुनु पर्यो। हाकिम को कमाउने जरिया कमिसन लाई बनाएको छन।अफिसकै कर्मचारी हरु सबै मिलो मोतो मा काम गरिन्छ। कर्यालय प्रमुख मीन भट्टराई ले लेनदेन काम को जिम्मा बरिस्ठ सुब्बा बिजय दाहाललाई दिएको छ । बिजय दहालको सरुवाको एक बर्षा अगाडि नै भैइसकेको छन। तर पनि माथिको निकाईमा रुपैया खुवाएर फेरि अबधि थपाउछ कार ,जिप, जेसिभी,,मोटरसाइकल ,स्कार्पियो,टराईटर ,सबै को रेट ओफिसको रेट तिर्नु पर्छ ।
चार चक्काको रु,१५००० हजार छ,हेबिको २०००० हजार मोटरसाइकल को रु ७००० हजार छ ।जब सरकारी कर्मचारी ले जनताको पैसाले तलब खान्छन र जन्ता लाई नै दुख दिनु पैसा असुली गर्नु। यातायात कार्यालय लहान को हाकिम मीन भट्टराई र बिजय दाहाल ले बनाएको कानुन हो जुन जनता ले मन्नु पर्छन ।हाम्रो प्रदेश २ सरकार ,प्रहरी,प्रसाशण ,ट्राफिक र हाम्रो स्थानिय सरकार पनि आखाको अगाडि हेरिरहदा पनि किन मौन छन । एस्ता भ्रष्टाचारी काम छिटो भन्दा पनि छिटो बन्द होस भन्ने आम नागरिक को चाहना छन।
प्रतिक्रिया दिनुहोस
मोटरसाइकल चालकलाई ट्राफिक सचेतना प्रशिक्षण : "सयौं सेकेन्ड बचाउन होइन, आफ्नो र अरूको जीवन जोगाऔं" अभियान सञ्चालन
स्वास्थ्य केन्द्रमै सर्पदंशबाट बालकको मृत्युपछि सर्वदलीय सहमति: परिवारलाई रु २ लाख ५१ हजार राहत, अस्पताल सुधारदेखि उजुरी नगर्ने बुँद
जिल्ला टेन्ट साउण्ड व्यवसाय संघ सिरहाको प्रथम अधिवेशन सम्पन्न, व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन एकतामा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic