विसुन देव सरदार / लहान / बैशाख- ११ गते। सिरहाको लक्ष्मीपुर- पतारी गाउँपालिका वडा न. २ पर्सा पोखरभिण्डामा हिजो बैशाख १० गते साँझ ६ बजेर २५ मिनेटमा भिषण आगलागी भएको हो । आगलागीमा स्थानीय पर्सा पोखरभिण्डा बस्ने वर्ष ६५ को रामलोचन साहको २ ओटा घर , गोठ , मिल घर गरि नगद ६ लाख बराबरको मालसामान जलेर नष्ट भएको हो । स्थानीय ३० वर्षिय आन्नद कुमार साहको १ आश्रमी घर लगायत करिब १० लाख मूल्य बराबरको क्षति भएको हो । स्थानीय २५ वर्षिय धिरेन्द्र साहको १ घर , गोठ १ , आश्रमी घर लगायत आठ लाख बराबरको क्षति । स्थानीय ३६ वर्षिय लक्षु साहको घर १ , गोठ घर गरि ३ लाख बराबरको क्षति । त्ससैगरी स्थानीयहरु ३२ वर्षिय लाले साहको घर , गोठ गरि ३ लाख बराबरको क्षति , ६५ वर्षिय अर्सकीको ४ ओटा घर जेलर करिब ५ लाखको क्षति , सचिनद्र साह वर्ष २६ को घर १ , गोठ गरि ६ लाख नगद रुपैयाँ सखाप भएको हो । आगो कसरी लाग्यो यकिन हन नसकेको प्रहरीले बताए । आगो नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नवराजपुर र वि ओ पि बरहरी द्वारा आगो नियन्त्रणमा लिइएको थियोे भने वारुण नियन्त्रण लहानबाट दमकल द्वारा नियन्त्रणमा लिइएको युवक प्रविण कुमार यादवले बताए ।



प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved