करोना भाइरसको संङ्ख्या बढदै जादा मास्क नलगाउनेलाई रु.१००/- जरिवाना;जिल्ला प्रशासन कार्यालय सिराहा

  • बैशाख १०, २०७८
  • ५५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान/ बैशाख - १० गते शुक्रबार। हिजो बैशाख ९ गते बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति सिराहा बैठकको निर्णय अनुसार मास्क नलगाई सार्वजनिक यातायात चलाउने , व्यापारी , व्यवसाय गर्ने , हिड्ने , सवारी साधन चालकलाई रु.१००/- जरिवाना लाग्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रीपरिषदको बैशाख ६ गतेको व्योहोरा अवगत भइसकेको छ। सो अनुरुप जिल्ला भर प्रभावकारी कार्यन्वयनमा ल्याएको हो ।received_239902454554641 मास्क नलगाई हिड्ने सवारी साधन प्रयोग गर्ने वा व्यवसाय गर्ने समेतलाई संक्रमण ऐन २०२० अनुरुप रु. १००/- जरिवाना गरि तुरुन्त दाखिला गर्नुपर्ने छ।त्यसका लागि जिल्ला प्रशासन कार्यालयले रसिद तयार गरि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल न. ७ गणलाई उपलब्ध गराउनेछ । यो सँगै सार्वजनिक यातायात संचालन सम्बन्धमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने । सबै यात्रुलाई मास्क अनिवार्य गर्ने । सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाईजरको व्यवस्था गर्नुपर्ने । चालक तथा सहचालकले मास्क र भाईजर लगाउनु पर्ने । सवारी साधनलाई नियमित रुपमा निसंक्रमित गर्नुपर्ने । सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु.१० /- लिई मास्क उपलब्ध गराउनुपर्ने । received_464402744846209 साथै होटल तथा रेष्टुरेन्ट बिहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म देहाय बमोजिमको मापदण्ड पालना गरि सेवा दिने र सो समय पश्चयात टेकअवे र होम डिलेभरी मात्र उपलब्ध गराउनुपर्ने । होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रुपमा मास्क भाईजर र पञ्जा लगाउनुपर्ने।सेनिटाईजरको व्यवस्था गर्नुपर्ने । होटल तथा रेष्टुरेन्टलाई नियमित रुपमा निसंक्रमित गर्नुपर्ने । कम्तिमा २ मिटरको भौतिक दरी कायम गर्नुपर्ने । सिनेमा हल , पार्टी प्यालेस , डान्स बार , जिम खाना , हेल्थ क्लब , सवीमिङ्ग पुल , फुटबल सभा , आम सभा , जुलुस , हाट बजार , रङ्गशालामा हुने दर्शक सहित खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सम्वत २०७८ बैशाख मसान्तसम्म बन्दगर्ने । विद्यालय र कलेजका पुर्व निर्धारित परीक्षा सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गर्नुपर्ने । हरेक स्थानीय तहका ( गा.पा,न.पा) ले भिडभाड हुन नदिई कायम गर्ने । मास्क लगाउन साबुन पानीले हात धनु वा सेनिटाईजरको प्रयोग गर्न नागरिक जनचेतना रका लागि माईकिङ्ग गरौँ र प्रचारप्रसार गर्ने बारे बैठक द्वारा निर्णय गरिएको हो । यो सँगसँगै कोविड-१९ को संक्रमित व्यक्तिको चेकजाँचको दर र दायरा स्थानीय तह मार्फत गराउनुपर्ने । नयाँ भेरिएन्ट सहितको कोविड-१९ माहामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण सम्बन्धि २०७८ को बुँदा न.२० को प्रावधान बमोजिम सिरहा जिल्लाका देहाय अस्पताललाई संक्रमितहरुको उपचारका लागि प्रदेश सरकार , प्रदेश न. २ सामाजिक विकास मन्त्रालयमा सेवा सम्झौता तथा रकम निकासा हुन सिफारिस समेत गरिएको छ। सिरहा अस्पताल , सिरहा । लहान अस्पताल , लहान । फुलकुमारी अस्पताल कर्जन्हा । आर के मेडि सिटी अस्पताल , धनगडीमाई। सप्तऋषि अस्पताल , लहान। महेन्द्र गेनाई समृति अस्पताल , छपराडी।

प्रतिक्रिया दिनुहोस

उपप्रधानमन्त्री यादव ...

 लहान चैत्र १६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य ...

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१