विसुन देव सरदार/ सिरहा / बैशाख ९ गते बिहीबार। आज बिहानै देखि मौसम खराब देखिएको हो । आज बिहान करिब ७:४५ बजेदेखि आएको हावाहुरी तथा मेघगर्जन सहित वर्षाले ठाउँठाउँमा क्षति पु्रयाएको छ। अहिले करोना कहर सँगै यस्तो बेलामा हावाहुरी तथा मेघगर्जन वर्षाले गरिब , असहायको जनजीवनमा ठुलो समस्या खडा भएको देखिएको छ। ठाउँठाउँमा ठुलो हावाहुरीले सहनै नस्कने गरी रुख तथा घरको छाना उडाइएको छ। अहिले वसंत ऋतु बैशाख महिना गाउँ घरमा बिबाहक रौनक समेत देखिएकोमा बिहेको लागि तयार पारिएको (बनाइएको ) टेन्टका सामान उडाएर क्षति पुर्याएको हो ।

यो सँगै किसानले खेतबारी लगाइएको तरकारी जस्तै प्याज , मुङ्ग , फर्सी , खीरा , लौका , करेला , लगायत साग तरकारीहरुमा क्षति पुर्याएको देखिन्छ । ठुलो हावाहुरी आएको बेला परालको घरमा बस्ने डर्नु स्वभाविक हो । यतिबेला बैशाख महिनामा गाउँ घरमा धुवा , धुलोले गर्दा जनजीवन कष्टकर बनेकोमा पानी परेकाले किसान तथा गाउँ ( ग्रामीण ) शहरका तर्फका व्यक्ति तथा मानिस हर्षित देखिएको हो । मौसम अहिले पनि बिकराल नै देखिएको छ। तसर्थ सावधानी अपनाई बस्न हुन मौसम विद् हरुले भनेका छन।


प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved