Siraha Times
ताजा समाचार

सप्तरीमा उतिम लाल मेमोरियल अस्पतालको उदघाटन :स्थानीयमा खुशियाली

  • वैशाख ५, २०७८
  • १३७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह महतो सिरहा लहान - सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुर स्थित उतिम लाल मेमोरियल होस्पिटलको उदघाटन भएको छ।बिगत केहि बर्ष देखि अनौपचारिक रूपमा सेवा दिदै आएका अस्पतालले हिजो बिधिबत रूपमा संचालनमा ल्याएको छ । लहान अस्पतालमा लाम्रो समय मिडिकल सुपरिटेन्डेन्ट र लहान अस्पतालको कार्यालय प्रमुखको जिम्मेवारी समहालेका वरिष्ठ नबजात तथा बाला रोग विशेषज्ञ डाक्टर शुनिल प्रसाद कुशवाहा र चर्तित स्त्री रोग विशेषज्ञ शुशिला सिंह द्धारा उक्त अस्पताल संचालन गरेको हो ।

बिगत केहि बर्ष देखि सप्तरी जिल्लामा सेवा प्रदान गर्दै आएका उक्त अस्पतालले शनिबार एक कार्यक्रमको आयोजनारी अस्पतालको बिधिबत रूपमा उदघाटन गरेका छन् ।डाक्टर शुनिल प्रसाद कुशवाहा को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा सुरुङ्ग नगरपालिका वडा नम्बर ६ का अध्यक्ष लिला कान्त चौधरी रहनु भएको थियो । प्रमुख अतिथि चौधरी का अनुसार प्रत्येक ब्याक्ती लाई स्वास्थ सेवाको जरुरी रहेको चर्चा गर्दै स्वास्थ सेवाको जरुरी बच्चा देखि वृद्ध समेतको आवश्यकता नै रहेको बताए ।

अतिथिहरुमा नेपाल पत्रकार महांसघ सिरहा शखाको नव निर्वाचित सभापति मनोज बनैता जिल्ला कार्यसमिति सदस्य तथा नेपाल पोस्ट दैनिकका महेश सिंह महतो समाज सेबि हरि नारायण महतो,पशुपति आदर्श उच्च माद्य्यमिक बिद्यालय लहानका शिक्षक र सखुवानान्कारकटी गाउँ पालिकाको माओवादी केन्द्रका पार्टी प्रतिनिधि राम परिक्षण महतो , समाज सेबि केश्वर प्रसाद साह नेबि संघ का मुकेश कुमार महतो ,कैलास नेतृत्वको युवा नेता भोला जित नेपाल लगयात सयौं ब्यक्तीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष लिलाकान्त चौधरीले रिवन काटेर अस्पतालको उदघाटन गरेको थियो भने डाक्टर शुशिला सिंह ले स्वागत मन्तव्य राखेका थिए । सभा अध्यक्ष डाक्टर कुशवाहाका अनुसार एउटै साना मुनि धैरै रोगको उपचार हुने भएको ले स्थानीयलाई सामो रोगको बिरामी लिएर काठमाडौं र बिराटनगर जस्ता ठाँउमा जानु पर्दैन र यहाँ जस्तो दरमा बिरामी भर्ना राखने र उपचार गर्ने उनले बताए । सेवाको भवना ले उक्त अस्पतालको स्थापना गएको डाक्टर सिंह ले बताए । अस्पताल संगै रक्त दान कार्यक्रमको समेत आयोजना गरेको आयोजकले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१