Siraha Times
ताजा समाचार

सिरहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तान लाई सन्तान प्राप्तिको लागि मेला

  • वैशाख २, २०७८
  • १८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार- सिरहा / बैशाख २ गते बिहीबार। सिरहाको दक्षिणी सिमावर्ती राजमार्ग देखी १० किलोमिटरमा पर्ने लक्ष्मीपुर- पतारी गाउँपालिकामा आज पतारी मेलाको आयोजना भएको छ। प्रत्येक वर्ष बैशाख २ गतेका दिन लाग्ने मेलामा श्रद्धालु एवंम वर्तालु महिलाहरुले पतारी पोखरीमा डुवकी लगाई स्नतान प्राप्तिका लागि राजा हर शिँह देव ठाकुर ( बाबा ) सित कामना गर्नेछ ।

No description available.

पोखरीमा डुवकी लगाउने छ, पहिलो डुवकीमा , जे आउँछ सर्प , ढुङ्गाा , माटो , डोकासितुवा इत्यादि द्वारा सन्तान प्रप्ति हुने र भइरहेको जनविश्वास रहेको छ। मेला प्रसिद्ध भएकाले भारतको दरभंगा , पटना , जयनगर , लदनियाँ , खुटौना सम्मको मान्छेहरुको घुईँचो रहेको छ। राजा हर शिँह देव ( बाबा ) शक्तिशाली भएकाले मेला बाहेकका दिनहरूमा मन्दिरमा पुजापाठ गर्नेहरुको भिड रहेको पुजारी बाबाले भनेका छन।

No description available.

धेरै दिन पहिला भाडा बर्तन निस्कन्थे , त्यहीँ भाडाबर्तनमा बैयल गाडी बालाहरुले खाना बनाएर खाएर फेरी पतारी पोखरीमा राख्थे भन्ने जनविश्वास रहेको छ। आज जुड शितल आरोग्य, शितलता र दीर्घायु जीवनका लागि ठुलोले सानोलाई टाउकोमा पानी हालेर दीर्घ जीवनको कामना गरेको छ। मिथिलाञ्चलमा आफुभन्दा कनिष्ठलाई जुडाउने उक्त पर्वले उष्णप्रदेशमा शीतलता प्राप्तिको दर्शाउँछ भने रुखविरुवामा जलप्रवाह गर्ने प्रक्रियाले वातावरण संरक्षणको सर्वकालिन आवश्यकता बोध वातावरण संरक्षणको सर्वकालिन आवश्यकता बोध उराउँछ । यो सँगै एक दिन चुलो बन्द गर्ने र बासी प्रकार खाने यो पर्वबाट पर्यावरण प्रतिको हाम्रो परापुर्व कालदेखी सचेततालाई प्रकट गर्छ। जुड शितलको अवसरमा म विसुन देव सरदार लोक कल्याणकारी राजा जयवद्रन सलहेशलाई स्मरण तथा नमन गर्दछु ।

No description available.

आजदेखी एक महिनासम्म आँगनमा रोपिएको तुलसीको बोटमा पानी हाल्ने चलन छ। यसका साथै नयाँ वर्षमा अम्खोरा , गाग्री कलश लगायतका भाडामा राखिएको पानी , घरका जेष्ठ सदस्यले सबै घरका व्यक्तिहरुको टाउकोमा आजुरले राखेर वर्षभरि शीतलताको कामना सहित आशिर्वाद दिने चलन छ। आज बिहीबार जुड शितल तथा सिरुवा पर्वको सरकार अवसरमा सार्वजनिक विदा समेत दिइएको छ। आज बिहीबार विधिवत रुपमा सिरुवा पर्व समापन समेत हुनेछ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

अदालतको ताकेता हुँदा ...

रन्जित चौरसिया वीरगंज २३ असार । बारा जिल्लाको कलैया उपमहानरपालिका वडा नं. २३ निवासी धर्मराज महतोको छ ...

अपूर्ण भिडियो वा एकप ...

रंजित चौरसिया,वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आ ...

स्वास्थ्य प्रवर्द्धन ...

रहमुल, लहान, २१ असार। स्वास्थ्यसम्बन्धी सूचना नागरिकसम्म सही, तथ्यपरक र प्रभावकारी रूपमा पुर्‍या ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१