Siraha Times
ताजा समाचार

अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

  • चैत २२, २०७७
  • १००० पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएका छन् । उनले यो जानकारी आफ्नो ट्वीटमार्फत दिएका हुन् ।

उनले आफूले सबै नियमको पालना गर्दै आफूलाई आइसोलेट गरेको बताएका छन् । साथै आफू अहिले होम क्वारेन्टिनमा रही आवश्यक औषधी लिइरहेको बताएका छन् ।उनले पछिल्ला दिनमा आफूसँग सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन अनुरोध गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु ।

सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु । पछिल्ला दिन मसँग जो सम्पर्कमा आउनुभएको छ, म उहाँहरु सबैलाई यो अनुरोध गर्न चाहन्छु कि तपाईंहरुले पनि आफ्नो कोभिड परीक्षण गराउनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । म चाँडै नै एक्सनमा फर्कनेछु ।’

प्रतिक्रिया दिनुहोस

कलिलो उमेरमै सरकारी ...

विनोद अविरल,​जेठ १९, सिराहा । इच्छाशक्ति, निरन्तरको लगाव र मेहनत हुने हो भने सफलता प्राप्त गर्न उमेर ...

गोलबजार–१३ मा विकासक ...

ओम प्रकाश यादव लहान जेष्ठ १८ । गोलबजार नगरपालिका–१३ का वडा अध्यक्ष नन्दकुमार महतो ले आफ्नो कार ...

सिरहाको गदियानीमा ना ...

विनोद अविरल, जेठ १८,​सिरहा । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिरहा नगरपालिका वडा नम्बर २० गदिय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१