Siraha Times
ताजा समाचार

सिरहाको कल्याणपुर नगरपालिका भोक्राहाको डिहबार टोलमा भब्य रूपमा मनायो होली

  • चैत १६, २०७७
  • १८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ चैत - सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर - ६ भोक्राहाको डिहबार टोलमा होलि मिलन कार्यक्रमको आयोजना गरिएको छ।जनता समाजबादी पार्टी नेपाल वडा नम्बर - ६ को वडा समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो।स्थानीय समाज सेबि तथा युवा प्रभाव शाली नेता कुशेश्वर साह ले ब्यक्ती गत लगानीमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे । साहको नेतृत्व र अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । नेता साहका अनुसार आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सु:ख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्ने उदेश्यले उक्त होलि मिलन कार्यक्रमको आयोजना गरिएको कल्याणपुर नगरपालिका वडा नम्बर- ६ का जसपा वडा कमिटी अध्यक्ष एवं समाजसेवी कुशेश्वर साहले जानकारी दिनुभएको छ ।

मिलन कार्यक्रमले आपसी सदभाव, मेलमिलाप कायम गर्न होलि मिलन कार्यक्रमले समाजमा राजनीतिक, समाजिक, धार्मिक द्वन्द बिर्सेर आपसी सद्बभव कायम गर्न मद्दत पुग्ने अध्यक्ष साहले विश्वास लिएका छन् । साहको व्यक्तिगत खर्चमा होलि मिलन कार्यक्रमको आयोजना गरिएको थियो भने सो कार्यक्रममा १ सय ५० वटा होलि अङ्कित सेतो टि - सर्ट समेत युवाहरुलाई नि:शुल्क वितरण गरिएको थियो ।बढदो आधुनिकिकरणका कारण समाजमा लोप हुदै गरेको होलिमा गाउने गित जोगिरालाई समेत प्राथमिकता मा राखेर होलि मिलन कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिनुभयो ।

होलि मिलन कार्यक्रममा स्थानीय बुद्धिजीवी , समाज सेवि , विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत वडा नम्बर - ५ का वडा अध्यक्ष दिपेन्द्र बरबरिया यादव , नेका का वडा सभापति ब्रहमदेव सिंह ,वडा नम्बर -७ का तत्कालीन संघीय समाजबादी पार्टीका प्रत्यासी वडा अध्यक्ष दिपेन्द्र यादव , वडा नम्बर- १० का सुरेश साह लगायत हजारौं जनाले फागु पर्वकाे शुभकामना आदान प्रदान गरेका थिए ।कार्यक्रममा रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वक्रमा नेपाल पोस्ट दैनिक का महेश सिंह रेडियो गंगा जलका सरोज पासमान लगायत हजारौं ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१