सिरहाको बेल्हामा मदरसा नजमुल होदा अल साफिया द्धारा कन्फरेन्स सुरु

  • चैत १४, २०७७
  • १००८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १४ चैत - मुस्लिम धर्मावलम्बीहरुको जल्सा सिरहाको कल्याणपुर नगरपालिकामा १२ बेल्हामा सुरु भएको छ। पुर्व गाबिस अध्यक्ष तथा मदरसा ब्यवस्थापन समितिको अध्यक्ष मोहमद रजाक राईन को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । नेपालको पुर्व उप प्रधान मंन्त्री प्रकाश मान सिंह ले उक्त जल्सा कार्यक्रमको बाईनर पढेर उदघाटन गरेका थिए।प्रमुख अतिथि सिंह का अनुसार हाम्रो देश विभिन्न जात जाति र धर्म सांस्कृतिक धर्मावलम्बीहरुले सिंगारीएको हो।सबै धर्म सांस्कृतिक लाई समबर्धन र संरक्षण गरी अगाडि बडनु पर्छ। शिक्षाको मुल धारमा ल्याउन देशका बिधायलय जस्तै मदरसा पनि विद्यार्थी लाई मुलधारमा पुगाउने माध्यम नै हुन् भन्दै बिश्वास व्यक्त गरेका थिए।

सबै धर्म सांस्कृतिक लाई संरक्षण गर्दै अगाडि बढनु पर्छ पुर्व उपप्रदान मंन्त्री सिंह ले बताउनु भयो । विशिष्ट अतिथिमा कल्याणपुर नगर पालिका का मेयर सुर्यनाथ मंण्डल उपमेयर रोहनी कुमारी यादव अतिथिहरुमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादव , स्थानीय सांसद मोहम्द मुखतार आलम , कल्याणपुर नगर पालिका वडा नम्बर ६ भोक्रहाका अध्यक्ष मोतिबुल राईन , नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति दिनेश्वर प्रसाद गुप्ता रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वक्रमा नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह अनुभक्त चौधरी ,न्युज टिभि युटुबका संतोष यादव, मोहम्मद करीम लगायतका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१