विसुन देव सरदार कदमाहा सप्तरी / चैत्र १४ गते। सप्तरीको खडक नगरपालिका वडा नम्बर - १० इनर्वा फुलवरिया भैरोगंज बेल्हामा हिजो चैत्र १३ गते शुक्रबार मन्दिर निर्माण सम्पन्न भई मन्दिर सञ्चालनमा आएको र उदघाटन कार्य सुसम्पन्न गरिएको हो। प्रदेश न. २ का प्रदेश सभा सदस्य माननीय गोविन्द न्यौपानेको संसदीय विकास कोषबाट पाँच लाख पचास हजारको लगानीमा माँ कलेश्वरी मन्दिर सुउदघाटन कार्यक्रम सम्पन्न भएको खवर प्राप्त भएको छ। कार्यक्रमको पुर्व प्रघान पञ्च खुशीलाल चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । नेकपा (एमाले ) सप्तरी जिल्ला अध्यक्ष तथा प्रदेश न. २ सप्तरी निर्वाचन क्षेत्र न. ४ (क) माननीय सांसद गोविन्द न्यौपानेको प्रमुख अतिथ्व तथा माननीय रुवी कर्णको विशेष अतिथिमा कार्यक्रम भएको थियोे । यो सँगै कार्यक्रम सञ्चालन भिखनी चौधरीले गरेको थियोे भने उदघोषक चन्द्रनारायण चौधरीले गरेको थियोे । दिउँसो १:०० बजेबाट अष्टयाम तथा महायज्ञ कार्यक्रम शुरु भएको देवकान्त चौधरीले बताए ।कार्यक्रममा उल्लेखनीय सहभागीता रहनुका साथै सहभागीहरु खुशीले मन मग्न थियोे
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved