सप्तरीको फुलवरियामा माँ कलेश्वरी मन्दिर सञ्चालनमा

  • चैत १४, २०७७
  • ६९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार कदमाहा सप्तरी / चैत्र १४ गते। सप्तरीको खडक नगरपालिका वडा नम्बर - १० इनर्वा फुलवरिया भैरोगंज बेल्हामा हिजो चैत्र १३ गते शुक्रबार मन्दिर निर्माण सम्पन्न भई मन्दिर सञ्चालनमा आएको र उदघाटन कार्य सुसम्पन्न गरिएको हो। प्रदेश न. २ का प्रदेश सभा सदस्य माननीय गोविन्द न्यौपानेको संसदीय विकास कोषबाट पाँच लाख पचास हजारको लगानीमा माँ कलेश्वरी मन्दिर सुउदघाटन कार्यक्रम सम्पन्न भएको खवर प्राप्त भएको छ। कार्यक्रमको पुर्व प्रघान पञ्च खुशीलाल चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । नेकपा (एमाले ) सप्तरी जिल्ला अध्यक्ष तथा प्रदेश न. २ सप्तरी निर्वाचन क्षेत्र न. ४ (क) माननीय सांसद गोविन्द न्यौपानेको प्रमुख अतिथ्व तथा माननीय रुवी कर्णको विशेष अतिथिमा कार्यक्रम भएको थियोे । यो सँगै कार्यक्रम सञ्चालन भिखनी चौधरीले गरेको थियोे भने उदघोषक चन्द्रनारायण चौधरीले गरेको थियोे । दिउँसो १:०० बजेबाट अष्टयाम तथा महायज्ञ कार्यक्रम शुरु भएको देवकान्त चौधरीले बताए ।कार्यक्रममा उल्लेखनीय सहभागीता रहनुका साथै सहभागीहरु खुशीले मन मग्न थियोे

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१