महेश सिंह सिरहा लहान ११ चैत्र - सिरहाको कल्याणपुर गाउँ पालिका ६ भोक्राहामा प्रदेश सरकारले कोरोनाको समयमा पठाएको राहत बिवादमा परेर केहि महिना देखि रोकिएको थियोे। वडा अध्यक्ष मोतिबुल राईन ले केहि महिना अगाडि देखि बाडन लागेको राहत विवादमा चुलीएको थियोे। घरेलु तथा साना उधोग कार्यालय मार्फत करिब ११ महिना आगाडी पठाएको राहत स्थानीय राजनितिक बिबाद र खिचातानीका कारण बितरण हुन नसकेको राहत बुधबार स्थानिय राजनितिक दलका प्रतिनिधि ,वडा सदस्य समाजका बुद्धिजिबि भद्रभलादमिको रोहबरमा राहत वितरण गरेको हो। राहतको विषय लिएर बिगत १५ दिन देखि बिवाद चल्दै आएका थिए । बिवाद सुल्झाउन विभिन्न दलका पर्तिनिधिको सर्बद्लिय बैठक बसेको थियो।उक्त बैठक बाट निर्णय भई उक्त राहत वितरण गरेका सम्बन्धित वडा का अध्यक्ष राईन ले बताए । वडा का दलित र बिपन्न परिवार पहिचान गरी ५८ घर धुरीलाई राहत दिएका छन् । सरकारले घरेलु तथा साना उद्योग कार्यालयमार्फत दोस्रो चरणको राहत वितरण गर्न सीधै वडा कार्यालयलाई जिम्मा दिने निर्णय गरेको थियो।महामारीबाट प्रभावित अतिविपन्न र मजदुरका लागि सरकारले गत जेठमा दोस्रो चरणको राहत कार्यक्रम घोषणा गरेको थियो । प्रदेश-२ सरकारले घरेलु तथा साना उधोगको कार्यालय लहान सिरहाबाट उक्त राहत पठाएको थियोे । राहत सामग्रीमा १ बोरा १ पाकेट खाने तेल १ किलो नुन २ सय ग्राम स्वयाविन र १ पिस हात धुने साबुन लगायतका सामग्रीहरु हस्तान्तरण गरेको वडा न ६ वडा अध्यक्ष मोतिबुल राईनले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved