करोनाको सङ्ख्या बढदै जाँदा भिडभाड नगर्न र सचेत रहन प्रवक्ता गौतमको आग्रह

  • चैत ८, २०७७
  • १०९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदारसिरहा नवसंग्राम दैनिक लहान / चैत्र ८ गते आइतबार । विगत केही हप्ता देखी विश्वमहामारी छिमेकी देशहरूमा कोविड- १९ को संक्रमणबढदो क्रममा देखिएको छ। नेपालमा समेत संक्रमण हन सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा , जुलुस , र्याली , भेला , जमघट , गोष्ठी , सेमिनार , बैठक , भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्न हुन नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज प्रेस विज्ञप्ति विनम्र अनुरोध गरेको छ। साथै सामाजिक दुरी , मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायत मन्त्रालयबाट विगतमा जारी गरिएको अन्य जनस्वास्थ्यका मापदण्डहरु समेत पाल्ना गरी कोविड-१९ को संक्रमण रोकथाममा सहयोग गर्न प्रवक्ता गौतमले हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१