Siraha Times
ताजा समाचार

सरस्वती साना किसान सहकारी संस्था लि.को सातौ वार्षिक सधारण सभा सम्पन्न

  • माघ १३, २०७७
  • ९४३ पटक पढिएको
  • रामएकवाल राम
alt

रासिन्द्र यादव सप्तरी,( मल्हनियाँ ),१३ माघ । “दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी” मूल नाराका साथ सप्तरीको बलान बिहुल गाँउपालिका –१ मल्हनियाँ स्थित रहेको सरस्वती साना किसान सहकारी संस्था लि.को सातौ वार्षिक सधारण सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

सरस्वती साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष राम कुमार यादवको सभाअध्यक्षतामा भएको सो सातौ औं सधारण सभामा सरस्वती साना किसान सहकारी संस्था लि.का प्रबन्धक बिवेक कुमार चौधरीले आर्थिक वर्ष ०७६÷७७ को १ करोड ७८ लाख ७५ हजार ३ सय ६१ रुपैयाको आय व्यय प्रस्तुत गरेका छन भने क्रृण लगानी तर्फ १ करोड ३४ लाख ४१ हजार ८ सय २९ रुपैयाँ तथा आम्दानी तर्फ १५ लाख २७ हजार ४ सय ८३ तथा खर्च तर्फ ११ लाख ८६ हजार ६ सय ३१ रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।

०७६÷७७ को सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने –सबैको सहयोगको अपेक्षता तथा निस्वार्थ सहयोगका कारण सानो समयमा सहकारीलेसबैको मन जितन सफल भएको प्रशंसा गर्दै भने अगामी दिनमा यहाँहरुको साथ र सहयोगको अपेक्षा राख्दै  दुध सकलगन,तथा दुध प्रसोधन, किसान सकलन केन्द्र स्थापना, तथा गोदाम भवनको निर्माण गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । सहकारीले हाल सम्म ३ लाख ८६ हजार ६ सय ३१ रुपैया नाफा रहेको सभामा सरस्वती साना किसान सहकारी संस्था लि.का अध्यक्ष यादवले जानकारी दिनुभयो ।

बलान बिहुल गाँउपालिका अध्यक्ष दयानन्द गोइतको प्रमुख आथित्यतामा भएको सातौ औं वार्षिक सधारण सभामा सभालाई सम्बोधन गर्दै अध्यक्ष गोइतले सात वर्ष अघि ३३ सेयर सदस्यले ३० हजारबाट स्थापना गरेको सहकारी सानो अवधिमा ठुलो प्रगति गरेमामा शुभकामना दिदै उनले भने – गाँउ पालिकाबाट हुने सबै खाले सहयोग गर्न गाँउ पालिका सदैव तयार रहेको उहाँले प्रतिवद्धता व्यत गर्नुभयो ।

सभामा बलान बिहुल गाउ पालिकाका समाजसेवी तथा सरस्वती साना किसान कृषि सहकारी संस्था लि.का लेखा समिती संयोजक दिगम्बर यादवले कार्यक्रम संचालन गरेका थिए । सभामा सरस्वती साना किसान कृषि सहकारी संस्था लि.का घुरण राम, बलान बिहुल गाँउ पालिका १ का वडा अध्यक्ष बैजनाथ यादव, गायतका व्यतिहरुले सहकारीको सहितको बारेमा आ आफ्ना मन्त्वय राखेका थिए भने सरस्वती साना किसान कृषि सहकारी संस्था लि.का लेखा समितीका सदस्य सत्यण सिया कुमारी मण्डलले स्वागत मन्तव्य राखेका थिए ।

No description available.

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१