संजय विश्वकर्मा लहान २७ , असोज । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकामा सोमबार एक दिने विपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । अब केहि महिना पछि जाडोयाम सुरुहुने भएकोले तराईमा शितलहर जस्ता जोखिम आउन सक्ने सम्भावना भएको हुँदा त्यसबाट जोगिन गाउँपालिकाले तालिमको आयोजना गरेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभएको छ । कोरोना महामारी, बाढी, आगलागी जस्ता अन्य अपत्तकालिन जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा औपचारिक कार्यक्रमको आयोजना गरी एक दिने प्रशिक्षण राखिएको अध्यक्ष साहले बताए । स्थानीय स्रोत साधनको प्रयोग गरि जोखिम न्यूनीकरण गर्ने विधिहरुको बारेमा शस्त्र प्रहरी बल सिरहाका डिएसपी बिनोद थापा र कोशिका परामर्श सेवा प्राली काठमाडौँका प्रतिनिधि श्याम प्रसाद ढकालले सहजीकरण गरेका थिए । अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका सम्पुर्ण कर्मचारी , जनप्रतिनिधि लगायतको सहभागिता रहेको लेखापाल नरेश कामैतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved